हिन्दुहरुको आस्थाको केन्द्र भनेर "गङ्गा नदि"लाई मानिन्छ। धेरै धर्मग्रन्थहरुमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ। पवित्रताको अस्तित्व रहेको गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरुमाझ भावनात्मक आस्था रहने गरेको छ। गङ्गा सप्तमीलाई धेरै स्थानहरुमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ।
गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरु भेटिन्छन्।
आजको दिन अर्थात वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथी मानिन्छ। आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरुको सबै पाप हट्ने र ति मनुष्यहरुलाई मोक्ष प्राप्त हुने मान्यता रही आएको छ। आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गाजललाई आफुले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता रहेको छ। आज विशेष गङ्गा मन्दिरहरुमा श्रद्धापुर्वक पुजा आराधना गरिन्छ।
विश्व नृत्य दिवस
बिवाह भोज, भत्तेर, जन्मदिन, उधापन, सांगे लगायत नेपाली सस्कारमा हर्षका हरेक अवसरमा कर्मर मर्काएर नाच्ने चलन छ । कहिले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसंगै ताल मिलाएर नाच्दै जाँदा समयको पत्तो पाइदैन् । ननाच्नेहरु पनि छेउछेउमा थपडी बजाएर हेरिरहेका हुन्छन् ।
रोदीघर देखि देउँसेसम्म, साकेला देखि सामाचखेवा सम्म नाचको आआफ्नै विशेषता छ । खुशीको अभिव्यक्त गर्न मान्छेमात्र नभई मयूर लगायतका बिभिन्न चरा अनि पशुहरुले सम्म नाच्ने गर्दछन् । धक फुकाएर अनि भावनालाई उजागर गर्ने हिसाबले नाच्न सक्नु एउटा कला हो अनि कहिलेकाँही त लाग्छ कि नाच अर्थात नृत्य आँफैमा एउटा दर्शन हो । खुशीको दर्शन अनि हर्षको दर्पण हो नृत्य, कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब नृत्य नै त हो ।
मानव सभ्यताको अनगीन्ती वर्षहरुदेखि नृत्य निकट रहेको छ मानव दैनिकीसंग । कहिलेकाँही त प्रकृतीलाई मात्र पनि गज्जबले नियाल्दा प्रकृती आँफै हरेक स्वरुपमा संगीत, ताल र लयमा लहलहाइरहेको भान हुन्छ, यहाँ झरेका पानीका थोपा अनि बहेका हावासम्म नृत्य गरिरहकेका छन् जस्तो लाग्छ । रुखवाट झरेको पात बिछोडको पीडा हो या स्वतन्त्रताको उत्सव हो ? तर नृत्य गर्दै झर्दछ जस्तो लाग्छ, पातको झराईमा गुरुत्वबल को लय अनि हावाको वहावको वान्की हुन्छ जस्तो भान भइदिन्छ ।
मान्छेभित्रको स्वच्छ आत्मा अनि मनको चञ्चलता दुबैलाई नृत्यले प्रतिनिधित्व गर्दछ, आज हामी नृत्यकै बिषयमा कुरा गर्दछौं किनभने आज विश्व नृत्य दिवस हो है । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो । नृत्यलाई अझ एकप्रकारको प्रस्तुती या भनौ भाषा भन्दा पनि फरक नपर्ला, यो एउटा अभिब्यक्ति हो । भगवान देखि राक्षस सम्म, वालक देखि वृद्ध सम्म अनि धेरै हदसम्म पशुपक्षीहरुले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्य मार्फत अभिब्यक्त गर्दछन् । जोडी ढुकुर सँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाईला प्रस्तुती सँगै मान्छेले पनि समुदाय, धर्म, भाषा अनुरुप नृत्य प्रस्तुत गर्दछ । लाखे नाच देखि मारुनी सम्मका वान्की, सोई ढोले सोई देखि अलारुदल सम्मका कम्मरका चलाईहरु अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थूप्रै नृत्य अभ्यासहरु हामीमध्य कतिको रुची, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ । हो दैनिकि किनभने शरीरलाई स्वस्थ्य राख्न दैनिक शारीरीक अभ्यासकालागी नृत्य गर्ने चलन पनि त वढिरहेको छ , कि कसो ?
नृत्य गर्न या सामान्य कम्मर मर्काउन लाज मान्ने पनि हामीमध्य धेरै छौ, लौ आज नृत्य दिवसवाटै नृत्य सँग नाता जोड्नुहोला, मुसुक्क मुस्काएर कम्मर हल्लाउदा अनि हातका वान्कीले भावहरु अभिब्यक्त गर्नको रस वेग्लै छ । शायद यसैले नै होला कसैले नृत्यको परिभाषा यसरी गरेका छन् ( सिधा भावनाहरुको तेर्सो अभिब्यक्तिनै नृत्य हो भनेँर) रंगकर्ममा नृत्यको अझ विशेष महत्व हुन्छ भने सास्कृतीक रुपमा नृत्यमार्फत पुस्तौ पुस्ताले एउटा सस्कार थाम्दै आएका छन् । भगवानहरुको पनि नृत्यलाई आआफ्नै नामाकरण गरिएको छ, विहे ब्रतबन्ध अनि अन्य कुनै पनि जिवन उन्मुख क्रियाकलाप नृत्य विना परिपूर्ण मानिदैन् । खुशी सबैमा छावोस, अनि सन् १९८२ वाट मनाउन शुरु गरिएको यो विश्व नृत्य दिवसको यस सस्करणमा सबैलाई खुशीले नाचौ नाचौ लाग्ने गरि छोओस् ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: