कानून दिवस | विश्व रेडक्रस दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कानून दिवस | विश्व रेडक्रस दिवस




कानून दिवस विशेष अडियो सामाग्री

कानून दिवसमा सबै न्यायप्रेमी नेपालीहरुलाई स्वागत छ। बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई आजको दिनमा सबैतिरवाट जोड दिने गरिन्छ ।

हुन त नेपालको संवैधानिक न्यायिक स्वतन्त्रतामा बेलाबेलामा प्रश्न खडा हुँदै आएको छ । प्रजातन्त्रको अभ्यास भइरहेको समयमा समेत एउटै व्यक्ति कार्यपालिका र न्यायपालिकाको प्रमुख भएको इतिहास छ । स्वतन्त्र न्यायपालिकाको मर्म विपरित तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यपालिका प्रमुखको समेत जिम्मेवारी दिंदा न्यायिक स्वतन्त्रताको प्रश्न उब्जिएको थियो । खिलराज रेग्मी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला संवैधानिक बाधा अड्काऊ फुकाउ भन्दै प्रधानमन्त्रीको हैसियतमा २०६९ फागुन ३० गते अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष बनाइएको थियो । २०६४ सालमा निर्वाचित संविधानसभाले नयाँ संविधान बनाउन नसक्दा अन्योलग्रस्त बनेको राजनीतिसँगै रेग्मीको उक्त नियुक्तिले स्वतन्त्र न्यायपालिकाको अवधारणामा समेत अर्को नयाँ अन्यौलता पैदा गरेको थियो । शक्ति पृथकीकरणको सिद्धान्त विपरित यसरी एउटै व्यक्ति दुई प्रमुख अंगको प्रमुख भएपछि नेपाल बार एशोसिएसनले त्यसको बिरोध जनाएको थियो । जे होस सार्वभौम नेपालमा स्वतन्त्र न्यायपालिकाको पर्दापण सँगै न्यायालय माथीका यी आरोप, घटना अनि परिघटनाको सारसंक्षेपलाई बिट मार्दे ईतिहास कोट्याउन चाह्यौ, नेपाली न्यायीक इतिहासको ।

नेपाली न्यायको इतिहास मल्लकालिन न्याय व्यबस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरु हुँदै यहाँ आइपुगेको हो। इतिहासको पाना कोट्याँउदै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि ब्यबस्थापिका तिनै अगंहरु राणा शाषकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ती सफल भएपछी बैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रिय न्यायलय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानून दिवस । बिस्तारै वि सं २००९ मा प्रथम र एतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्तऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरु अकाट्य र अन्तिम हुने कानूनीब्यवस्था गरेको थियो । यो नै आजको दिनसम्म आईपुगेको नेपालको स्वतन्त्र न्यायालयकोप्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रुपमा पनि लिनेगरिन्छ । कानून दिवसका माध्यमबाटअन्यायमा परेकाजनसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायलयप्रतिको सम्मान अभिवृद्धिहुने विश्वास गरिएको छ ।

द्धन्दकालमा वेपत्ता पारिएका परिवारजनहरु का तस्विर बोकेर आँशुका ढिक खसाइरहेका आँखा देखि दशकौं देशि अदालतमा अड्किएका मुद्धाको कागजात लिएर हिँडेका सेवाग्राहीका पैंतालासम्म यस वर्षको कानून दिवसले दायराहरु छिचोल्दै पुग्नुपर्ने देखिन्छ।

सतीले सरापेको देश भन्दै अन्यायलाई व्याख्या गर्ने अनि नेपालमा यस्तै त हो नी भनेर अन्यायलाई सामान्य रुपले लिने चलन यसपालाको कानून दिवस वाट क्रमश घट्दै जाओस् । नेपालको कानून दैवले जानुन भन्ने थेगोहरु निरर्थक हुन सकुन। पशुपतीनाथको पावन भूमिमा न्यायको प्रभावकारिता कायम रहोस्, व्यक्ति हैन विधीको शाषन होस् अनि कानून सबैलाई सरोबर होस् । यस दिवसका दिन तिनै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ ।

प्रजातान्त्रीक अभ्यासमा राज्य चलाउन मुख्य तिनवटा अंगहरु ब्यवस्थापिका, कार्यपालिका र न्यापालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधीको शाषन स्थापित गर्नु हो । आज सर्वोच्च अदालत परिसरमा दिउँसो बिशेष कार्यक्रम आयोजना गरिन्छ भने देशैभरिका न्यायलयसंग समबन्धीत सस्थाहरुमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ।

राजनीती र न्यायलयको नरुचाईएको मिश्रण मुक्त नेपाली न्यायलय आजको आवश्यक्ता हो । हजुरवुवाको पालाको मुद्धा नातीले पनि खेपीरहेको हजारौ मुद्धाहरुको सूनुवायी बाँकी छ, घरखेत वेचेर अदालती कारवाहीको पैसो तिर्नपर्ने उदहारण ब्याप्त छ अनि दुख्खदायी कुराहरु त निमुखाहरुले न्याय नपाएका अनि टाठाबाठाले बांगो बनाएका मुद्धा र निर्णयहरुसँग छ । कालो कोट भित्रका सेता भावनाहरु पारदर्शी होउन, कानूनका लामा अनि समान हातहरु सबैको शिरउपर होउन् , कानून किनवेच नहोस् ।

विश्व रेडक्रस दिवस


 


तपाईंहरुलाई ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव ब्यक्त गर्दछ । हेनरीलाई एकजना लेखकका रुपमा पनि चिनाउन चाहन्छौ किनभने यिन्ले सन् १८५९ मा लेखेको पुस्तक ( मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा यूद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित गर्यो ।

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९२ भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखिनै स्वयमसेवा अनि मानवताको मूल्यलाई आत्मसाथ गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि यूवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका हुनसक्छौं ।

अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ । स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवी शिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् । विसं १९९०, २०४५ अनि २०७२ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमीमा रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितिय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पूर्ननिर्माणमा हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेको छ ।

रेडक्रसका मुख्य सिद्धान्तहरु सातवटा रहेका छन् जून यसप्रकार छन्ः
१) मानवता
२) निष्पक्षता
३) तठस्तता
४) स्वतन्त्रता
५) स्वंसेवा
६) एकता
७) सर्वब्यापक्ता ।

पहिलो र दोश्रो विश्वयूद्धताका रेडक्रसले पूर्याएको योगदान बयान गरि साध्य छैन्, विश्वको मानवसेवा ईतिहासमा रेडक्रसले पूर्याएको योगदान स्वर्ण अक्षरले ईतिहासका पानामा कुदिएको छ ।

यसरी हेनरी ड्यूनान्टले १८औँ शताब्दीमा देखेका सपना अनि त्यसका खाकाहरु आज संसारभरि मानव सेवाकालागी कहलिएको छ । कहिलेकाँही रेड क्रसलाई क्रस भएकै कारणले क्रिस्चीयन उन्मुख धर्ममुखी संस्थाका रुपमा पनि ब्याख्या गरिन्छ, सेवा र धर्मलाई एकठाँउमा मिसाउनु गलत हो तथापि रेडक्रस मा क्रस भएकै कारणले संकुचीत विचार ल्याउनु र आरोप लगाउनु राम्रो भने कदापी हैन ।

आफन्त विरामी परेर रगतको अभावमा रगत लिन लाईनमा बस्दा रेडक्रसप्रति नतमस्तक भईन्छ, एम्बुलेन्सले जीवन बचाउँदा रेडक्रसका एम्बुलेन्सलाई प्राणरक्षक मानिन्छ अनि अन्य थुप्रै कुराहरु छन् रेडक्रसका सेवाका आयामहरुका रुपमा ।

विश्वयुद्ध ताका बमवर्षक विमानहरु, यूद्धपोतहरु अनि सैन्यदस्ताहरु एकअर्काको रगतको प्यासी भएर यूद्धरत हुँदा रेडक्रस को चिह्न उल्लेखित छाना, घर र अस्पतालहरुमात्र यस्ता ठाँउ थिए जहाँ दुबैपक्षका सिपाहीहरुले निष्पक्ष उपचार पाँउथे । आज पनि यूद्धका समयमा संसारभरि रेडक्रस को उपस्थितीलाई अपरिहार्य र विना संकोच यूद्धका पक्षहरुले लिन्छन् ।

हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन्, मानव सेवाकालागि जीवन सर्मपण गर्ने रेडक्रसका संसारभरका स्वयमसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवाभाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा ब्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यक्ता छ । जय होस्, मगंल होस् ।

----
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.