ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय साक्षरता दिवस | विश्व फिजियोथेरापी दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होलयी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि विश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य अध्यनहरुले देखाउँदछ । हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेरसमुहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।