Hamro Matsyanarayan Rath Yaatra Praarambha | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मत्स्यन्द्रनाथ रथ यात्रा शुरुवात





करुणा, लोकल्याणकारी अनि सहकालका देवता मत्स्यन्द्रनाथका बिभिन्न नामहरु छन्, मछिन्द्रनाथ, अवलोकेत्श्वर , बुङ्गद्धया लगायत अनेकन नाम अनि सर्वनामहरुले यि सिद्ध योगीको पुकारा गरिन्छ ।

मछिन्द्रनाथ एक सिद्ध योगी हुनुहुन्छ, काठमाण्डौं बुङ्गमतीमा वहाँको जन्म भएको प्रमाणित इतिहास छ भनें समग्र भारतवर्षमा अनि विश्वभरि नै वहाँको अर्चना अनि पूजा हुने गर्दछ । सिद्ध योगी भएकाले मछिन्द्रनाथ संग प्रकृतिका हरेक अवयवहरुलाई नियन्त्रण गर्न सक्ने क्षमता थियो, यसै कारण नै वहाँलाई सहकालका देवता भनिएको हो । वहाँको अर्चना गरिने चलन भनें लिच्छवी राजा नरेन्द्रदेवको पालामा गएर ठोकिन्छ जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट झिकाएको मछिन्द्रनाथको प्रतिमालाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । सिद्ध योगीको असिम अनुकम्पाले त्यस वर्ष उपरान्त वर्षामात्र नभई काठमाण्डौको आकाशमा वादलको चिस्यान र आद्रताले सँधै अंकमाल गररहने समेत भयो ।

म्हेपी डाँडावाट ल्याएको माटोले बनेको मूर्तिमा प्राण प्रतिष्ठा गरिकन ३२ हात लामो रथलाई यल शहर अर्थात अहिलेको ललितपुरमा तयार समेत गरिसकेपछि यस जात्राले औपचारीक शुरुवात पाँउदछ , आज त्यसै दिन हो । कोरोना संत्रासको धमिलो वादलले विश्वलाई नै कल्पलक्क छोपेको यस अवस्थामा मछिन्द्रनाथको अनुकम्पाको थप विशेष अपेक्षा विश्वलाई नै छ । अमर साधु गोरखनाथका पिता एवं गुरु मछिन्द्रनाथको यूगान्तकारी नेतृत्व, अनुकम्पा, संरक्षण अनि सहकालको आवश्यक्ता समग्र विश्वमा बढ्दै गएको छ ।

आजवाट शुरु भएको रथयात्रालाई अबका २ महिनासम्म ललितपुर र काठमाण्डौका बिभिन्न स्थानहरुमा राखिन्छ । उपत्यकावासीको अनवरत अनुसासन, मछिन्द्रनाथप्रतिको भक्ति, विश्वास अनि हजारौं वर्षदेखिको यो उत्साहको शुरुवात संगै नेपालमा मनसुन पनि शुरुवात भएको मानिन्छ । सबैको भलो होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.