मोहिनी एकादशी | विश्व प्रेस स्वतन्त्रता दिवस | विश्व हाँसाे दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मोहिनी एकादशी | विश्व प्रेस स्वतन्त्रता दिवस | विश्व हाँसाे दिवस




मोहिनी एकादशी विशेष अडियो सामाग्री

बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।

सरस्वती किनारमा एउटा राज्य छ जसमा एकजना चन्द्रवंशी राजा राज्य गर्दछन् । यसै राज्यमा एकजना वैश्य अर्थात व्यापारी बस्छ जसको नाम धनपाल हो र उ पुण्य कार्य अनि दानमा लागिपरेकै हुन्छ । धनपालका ५ छोराहरु छन् जसमा कान्छो छोरा पाप कर्ममा लागेको हुन्छ । जुवातास अनि वेश्यागमनमा उनी आशक्त छन् भने दुव्र्यसनमा पनि उनी उस्तै लालाहित छन् । धनपालले केही नलागेपछि आफ्नो मनमा पत्थ राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घरनिकाला गर्दछन् । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि कौडिन्यको मा पुग्दछन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिवाट मुक्ति पाउछन् । यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिवाट मुक्त हुने भएकाले यस एकादशी बिशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्संगको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइएदियोस्, शुभकामना ।

विश्व प्रेस स्वतन्त्रता दिवस




राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमामै धक्का पुग्दछ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ, प्रेसकर्मीहरु उपर बन्देज लगाउने , बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ । आजको दिनले सामान्य जनताहरुलाई अनि संसारवासी हामीहरुलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वब्यापी चेष्टा गर्दछ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।

पछील्लो दशकमा प्रजातन्त्रको पूर्नआगमन सँगै नेपालमा पनि प्रेसकर्म प्रतीको एउटा उत्साह वडो गज्जबले बढेको भेउ छ, रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टीना तानेपछी समात्ने नेपाली तरगं आकाशमा आज सैयौको सख्यामा रेडियो केन्द्हरु छन् । त्यसै गरि टीभी, पत्रिका, अनलाईन गरि विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो तथापि हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा कतिको सम्वोधन अनि समाहीत गर्न सकिएको छ त ? विचारयोग्य छ, आजको दिन मनन गर्न झकझक्याउने पनि छ ।

आज संसार भरिका अधिकाशं राष्ट्रका प्रेस काउन्सिलहरुले विज्ञप्ती जारी गर्ने चलन पनि छ । स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ, जनतालाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक प्रेसको आवश्यक्ता आज नेपाललाई रहेको छ । अझ प्रजातान्त्रीक अभ्यासमा स्थानीय चुनावको संघारमा आएको नेपाललाई नेपालीपनाको धागोमा एकसुत्र गर्न सक्ने प्रेसको आवश्यक्ता छ । हामी हाम्रो पात्रो आफ्ना सम्पूर्ण भाग अनि भुगोलमा तठस्त, सकारात्मक अनि नेपालीपनाका सुत्र जोड्ने सन्दर्भ र साम्रगी लिएर आउने वाचा पनि यसै आलेख साथ गर्दछौ है ।

४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्धन्द या ६२ अनि ६३ को जनआन्दोलन होस्, हामीले पाएको सुचना अनि ताजा अपडेटहरु दिनकालागी धेरै जना पत्रकारले पसिना वगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्याननै गुमाउनुसम्म भएको छ । चाहे नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा हुन् या अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथीको आक्रमणले स्वतन्त्रता र प्रजातन्त्रमाथीनै धावा बोलेको छ । विमान दुर्घटनामा विट ठाँउमा पर्दा राती राती पत्रकार पनि प्रहरी अनि वचावदलसँग टर्च लाईट बाल्दै पुगेको हुन्छ र मात्र भोली पत्रिकाको हेडलाईनमा हामीले पढ्न पाँउछौ, टिभीमा देख्न अनि रेडियोमा सुन्न पाँउछौ, खबरहरु , यस्ता धेरै उदहारणहरु अनि साहसीक कार्यहरु नेपाली प्रेसकर्मीहरुले गर्नुभएको छ र गर्नुहुन्छ । 

सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै वाजी थाप्न पनि नपर्ने यी पेशाकर्मीलाई हार्दिक नमन अनि भविष्यमा पनि प्रेसलाई राजनिती अनि ब्यवसायको अखडा बनाउने सुनियोजीत कार्य नहोस्, नेपालीहरुको चाह यहि हो । समाचार र सुचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता हाम्रो दायित्व पनि हो, प्रेस स्वतन्त्रता दिवसको पाठक अनि लेखक, दर्शक अनि प्रस्तुतकर्ता, श्रोता र वाचक सबैलाई शुभकामना । 


विश्व हाँसाे दिवस


 


खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ ।

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो । अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ । महाकवीले लेखेकै छन् :

गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि

यो एउटा वाक्याशंले हाँसो को अपार ब्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको वोट मुनी सुस्ताँउदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौंको हाँसो । हाँसोको यो समीकरणमा उदहारण सदैव आँउदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराँउछ नै, हाँस्छ नै । नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौं ।

फाँटहरुले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु ।


हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस झैै हुन जरुरी छ। फाँटहरुले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हास्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफुलाई नै प्रश्न गरौं हाम्रो जीवनमा हाँसोहरु कति उधारो राखेका छौं भनेंर ? हाँस्न नभुलौं है । दिल खोलेर हाँसौ, हसाँउन सकौं । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । मे ६ मा मनाइने यस दिवसको प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस् । खुशीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनें पिरमा पनि फुलिदिन्छु ।

हाम्रो पात्रोका लागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.