परशुराम जयन्ती | विश्व औंलो दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

परशुराम जयन्ती | विश्व औंलो दिवस




परशुराम जयन्ती विशेष अडियो सामाग्री

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरो जस्तो हतियार बुझिन्छ । भगवान रामको त्यो रूपले बञ्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु (बञ्चरो) उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।


परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए ।

कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खननक्रममा समुन्द्र विचमा भेटिएको प्राचीन द्वारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदानको ब्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरु मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामीसबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

विश्व औंलो दिवस

 


लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग 'औंलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ लागाै । एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलोको संक्रमण मान्छेमा सर्नेगर्दछ । 

आशालाग्दो कुरा के हो भनें समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापी विकासोन्मुख देशका नागरीकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्यूको संख्या आशातित घट्न सकेको छैन् ।

मलेरीया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरीया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । 

मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ । घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।

भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमैं खोप लगाउन जरुरी छ, मलेरीयाका किटाणुहरु शरीरमा प्रवेशगरेपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै किटाणूले मूल रक्तप्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।

सन् २००७ मा तात्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रुपमा मनाउने क्रम शुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ-सस्था अनि कर्मचरीहरुले विभिन्न कार्यक्रम मार्फत् तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको अायोजना गरेर सू-सूचित गर्नेगर्दछन् ।

अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौं, घर वरपर सफा राखौं, स्वास्थ्य संस्थामा जाँच गराऔं अनि बाहिर बस्दा शरिर पुरै ढाक्ने पुरा कपडा लगाऔं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।
----
हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.