जोगीरा एकजना प्रतिनिधिपात्र हुन्, उनी पुरुष पात्र हुन जो महिलालाई सम्मान गर्दछन् । उनी होलीमा आफ्ना साथीहरुसंग भाँग खाएर मस्त छन् । भाँगको नशालाई सारारारा ले जनाऊ दिएको हो, जोगीरा, ढोलक अनि मजींराको ताल फरक फरक छ । साथीहरु सबै जोगीरा सारारारारा गर्दछन्, होलीको यस गीत पनि एउटा अपरिहार्य पक्ष हो ।
साथीभाईको विशेष याद होलीमा आउने गर्दछ । कोही रत्तिएर आँफैं होली खेल्न आँउछन् त कोहीलाई घरमा गएर जबरजस्ती पानी छ्यापेर र रंग दलेर ल्याउन पर्दछ । होलीमा दुई प्रकारका चरित्र देखिन्छ, एक जो रंग र पानीको सहर्ष ग्रहण गर्ने श्रेणीमा पर्दछन अनि अर्को जो ढोका थुनेर अनि झ्यालका पल्ला पछाडि लुक्ने गर्दछन् । होलीमा पानी अनि रंगका कथा प्रायः हरेक नेपालीको बाल्यकालमा जोडिएको हुन्छ । के गाँउ, के शहर ? के धनी के गरिब अनि के हिन्दु के मुसलमान अनि के ईसाई ? होली एउटा रगं लिएर आँउछ अनि तरंग दिएर जान्छ ।
अनि कहाँ कहाँ जाने त होली खेल्न ?
तराईमा एकदिन पछि होली भएपनि आखिर रौनक त के पहाड के तराई अनि के हिमाल ? सर्वत्र उस्तै छ । कसैसंग केही रिसराग भए, होलीले पखाल्छ । वर्षभरि कहिल्यै नटेकेको आँगन होलीले टेकाउँछ अनि नफुटेको बोली होलीले फुटाँउछ । दुःखद कुरा त के हो भने गएका वर्षहरुमा नेपालमा धेरै परिवर्तन भएका छन् । मुख्य परिवर्तनको आन्तरिक अनि बाह्य परिवर्तन अनि यी परिवर्तनका खपेटाहरुले यस्तै चाडपर्वमा हामीहरुलाई छुने गर्दछन् । धेरै परिवार गाउँबाट शहर झरे, शहरबाट अन्य देश छिरे, लेकबाट बेसी झरे अनि समथर भूभाग झरे । तर पुराना थलोका रसहरु अनि होलीका उमगंहरु सर्वत्र सबैको हृदयमा छ । आउनुहोस् आज त्यस्तै केही पुराना यादहरु उक्काऔँ– होलीका ।
कासंग खेलौं
बालम हमरो विदेश
जे बसगयो शाम
चिठीया दिने
जे बसगयो शाम
पतियो ना दिने
पायो ना कछु क सन्देश
होली कासंग खेलुँ
होली को संग खेलुँ
बाल्कालका साथी सबै विदेश
परिसक्यो साँझ
न चिठी आयो
न पत्र आयो
न कुनै सन्देश नै
होली कोसंग खेलुँ
साथी मेरो विदेश
यो गीत अहिलेको धेरै नेपाली गाँउका लागि मिल्दोजुल्दो छ । धेरैजना बाल्यकालका साथी विदेश गएका छन् अनि हामीमध्ये धेरै चाहँे विदेश या स्वदेश जहाँ भएपनि होली कोसंग खेलुँ भनेर योजना गरिरहेका हुनसक्छौं ।
अर्को होलीको गज्जबको गीत छ, तराईको अलटायम फेबरेट ।
जोगीरा सरसर
जोगीरा सररर
कुन तालमै ढोलक नाचे कुन ताल मृदंग
कुन तालमै नटुवा नाचे कुन ताल मे जोगीरा
बोलो सारारारा
बोलो सारारारारााा
एकठन किच गुँजैछे
पिने छे भाँग
वा भई वा वा
जोगीरा सारारारारारााा
जोगीरा सारारारारााा
वा भाई वा वा
वा गवैया वा वा
जोगीरा एकजना प्रतिनिधिपात्र हुन्, उनी पुरुष पात्र हुन जो महिलालाई सम्मान गर्दछन् । उनी होलीमा आफ्ना साथीहरुसंग भाँग खाएर मस्त छन् । भाँगको नशालाई सारारारा ले जनाऊ दिएको हो, जोगीरा, ढोलक अनि मजींराको ताल फरक फरक छ । साथीहरु सबै जोगीरा सारारारारा गर्दछन्, होलीको यस गीत पनि एउटा अपरिहार्य पक्ष हो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको घर, गाउँ, टोल र छिमेकमा यस्ता माधुर्यता र प्रेमभावका यस्ता होली गीत गाउने चलन हराउँदै गएको छ । अहिले युवाहरु रोजगारीका लागि खाडी मुलुक जाने चलन बढेकाले गाँउ मा न त जोगीरा नाचिन्छ, न ढोलक बज्छ न त फागु गीत नै गाइन्छ । पहिलेपहिले त श्रीपञ्चमीदेखि नै गाउँगाउँ घुमेर जोगीरा गाउने चलन थियो । अहिले होली नितान्त उपभोत्तागत र विलासी चाडमात्र भएको र यसको महत्व अनि गहनता लोप भइरहेको धेरैले आरोप पनि लगाएका छन् ।
‘शिव मठ पर राम खेलैए होली
यस भाकामा राधाले कृष्णलाई जमुनाको तीरमा कृष्णलाई होली खेल्न निम्तो दिएको प्रसंग उल्लेख गरिन्छ । यस्ता धेरै भाकाहरु अहिले तराईबाट लोप हुँदै गएका छन् । होलीको भाका अनि संस्कारको संरक्षण जरुरी छ किनभने वास्तविक अर्थमा भन्ने हो भने पूर्वीय सभ्यता अनि सनातन संस्कारमा होली पनि एउटा प्रेम दिवस नै हो । गाउँघर, दाजुभाई अनि छरछिमेकमा होली भन्दा विशेष अन्य कुनै दिन छैन जब हामी सबै पुराना कुरा र रिस भुलेर नयाँ सुरुवात गर्न सक्दछौं ।रघुबीरा अर्थात रघु वशंको बीर । अवधमा रघुवशंको यो बीरताको गाथा होलीमा धेरै अघिदेखि गाइँदै आएको गीत हो । के अवध, के मिथिला अनि के हिमाल या पहाड ? होलीका रगंमा कुनै विभेद अनि सन्देश छैन ।
ल होली अब कोसंग खेल्ने अनि कसरी खेल्ने योजना बनाउनुहोस् ।
कुन लुगा लगाएर खेल्ने, कहाँ कहाँ जाने अनि खाने परिकारहरु पनि ध्यान दिनुभएकै होला ?
वर्ष २०७४ को होलीको शुभकामना
Liked by: