ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जोगीरा एकजना प्रतिनिधिपात्र हुन्, उनी पुरुष पात्र हुन जो महिलालाई सम्मान गर्दछन् । उनी होलीमा आफ्ना साथीहरुसंग भाँग खाएर मस्त छन् । भाँगको नशालाई सारारारा ले जनाऊ दिएको हो, जोगीरा, ढोलक अनि मजींराको ताल फरक फरक छ । साथीहरु सबै जोगीरा सारारारारा गर्दछन्, होलीको यस गीत पनि एउटा अपरिहार्य पक्ष हो ।
राधाले कृष्णलाई जमुनाको तीरमा कृष्णलाई होली खेल्न निम्तो दिएको प्रसंग उल्लेख गरिन्छ । यस्ता धेरै भाकाहरु अहिले तराईबाट लोप हुँदै गएका छन् । होलीको भाका अनि संस्कारको संरक्षण जरुरी छ किनभने वास्तविक अर्थमा भन्ने हो भने पूर्वीय सभ्यता अनि सनातन संस्कारमा होली पनि एउटा प्रेम दिवस नै हो ।