अनन्त चतुर्दशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अनन्त चतुर्दशी




अनन्त चतुर्दशी विशेष अडियो सामाग्री

ॐ अनन्ताय नम:

भगवान् अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना गरेर श्रद्धापुर्वक व्रत बस्ने आजको दिनलाई अनन्त चतुर्दशी भनिन्छ। भाद्र शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरुले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरु जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउदै थिए। त्यसबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापुर्वक व्रत बस्न आग्रह गरेका थिए। भगवान श्रीकृष्णको सल्लाह मान्दै पाच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएका थिए।

श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात जनैपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने गरेका छन्। आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसरी बाधिने धागोलाई “अनन्त सूत्र” भनिने गरिन्छ। यस सुत्रमा हुने चौधवोटा गाठोलाई चौधवोटा लोकको प्रतिक मानिन्छ। यो सुत्र पुरुषहरुले दाहिने हातमा बाध्ने गरेका छन् भने महिलाहरुले यसलाई बाया हातमा बाध्ने गर्दछन्। हिन्दु धर्म अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ।

पूजा विधि
आज प्रात:कालमा स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। सर्वप्रथम कलश स्थापना गरि त्यसमा अष्टदल बनाएर राख्ने अनि कुशको अनन्त भगवान बनाएर स्थापना गर्नुपर्दछ। कलश समक्ष चौध गाठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान अनन्तनाथ (भगवान विष्णु) को शुद्द चित्तले पूजा आराधना गर्नुपर्दछ। तत्पश्चात धूप, दिप, नैवेद्य र अक्षता लिएर भगवान अनन्तको पूजा गर्नुपर्दछ। अन्त्यमा आफुले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ। पूजा पछि कलश समक्ष राखेको अनन्त शुत्र आफुले बाध्नाले अनन्त भगवान प्रशन्न भइ शुभ फल प्रदान गर्ने मान्यता छ। खासगरी अनन्त चतुर्दशीको पूजा दिउसोको समयमा गर्नुलाई उत्तम मानिन्छ।

पुत्रको चाहना राख्ने या आर्थिक अभावमा गुजारा गरिरहेका मानिसहरुलाई आजको दिन व्रत विशेष फलदायी रहने गरेको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.