ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मिष्ठ भोजन, सौन्दर्यको प्राप्ति, सुमधुर वाणी, सुविधाजन्य वासस्थान र सन्तोष आदि मानिसका नैसर्गिक चाहाना हुन् । प्रत्येक व्यक्तिमा यी कुराको एषणा रहन्छ जस्को पूर्तिका लागि आत्मसंयमता, इमान्दारिता, साधना र सद्भावपूर्ण व्यवहारको आवश्यकता पर्दछ । त्यो व्यवहार नै छन्दसँग जोडिएको व्यवहार हो ।

छन्द दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो ।