विश्व बौद्धिक सम्पत्ति दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व बौद्धिक सम्पत्ति दिवस




विश्व बौद्धिक सम्पत्ति दिवस विशेष अडियो सामाग्री

दुई टुक्रा जमिन, दुई तोला सुन अनि दुई हल गोरुहरु जस्ता थुप्रै भौतिक कुराहरुलाई सम्पतीका अवयव मानेर नेपाली समाज वर्षोदेखि बढ्दै आइरहेको छ । विश्व नै यसै गरि यहाँसम्म आएको हो, मरिचका दाना देखि सिमानाका जमिनका रेखाका लागि विश्वले यूद्ध गरेको छ । हाम्रै समाजमा पनि गोरुले धान खाएको अनि बाख्राले बिस्कुन खाएको सम्म घटना र झगडाहरुमा आआफ्ना सम्पती र सामानको रक्षार्थ भएका तर्क र परिवेश बुझ्न सकिन्छ ।

सम्पतीको परिभाषा अब भौतिक कुराहरुमा मात्र पनि कहाँ रह्यो र ? अब त शब्द, सञ्चार अनि अन्य बिभिन्न बौद्धिक तत्वहरु झनै प्रखर सम्पतीका रुपमा तुलना हुन र जोखिन थालेका छन् ।

अब कविका कविताले पनि उत्तिकै मुल्य बोक्न थालेका छन् जति हलियाको हलिले बोक्ने गर्दथे, गीतकारको गीत, पंक्तिकारको पंक्ति, गायकको आवाज, संगीतकारको रचना, खानेकुराको परिकारको रेसिपी देखि मसलाको मिश्रणसम्म सर्जकको सम्पती हुन् । व्यापारको ट्रेडमार्क, विज्ञापनको तवर देखि प्रविधीगत नवप्रर्वतनसम्म पनि बौद्धिक सम्पतीहरु हुन् । १९औं शताव्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पतीको अधिकारका कुराहरु भनएपनि २०औ शताव्दी बौद्धिक सम्पती अधिकारको शताव्दी भएको छ । बौद्धिक बिचार लगायतका अन्य कुराहरुको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्यरुपमा भन्दा अब सम्पती कमाउन पसिना अनि दिमाग दुबैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।
उदहारणका लागि कसैले हावावाट चल्न मिल्ने गाडी बनायो भने त्यो गाडी अनि उत्पादनका उपाय र प्रविधीहरु उसको बौद्धिक सम्पती हो । निश्चित समयसम्म उसको यस नवप्रवर्तनमा आर्थिक अधिकार रहन्छ र अन्य कसैले यसै उत्पादन या तवर प्रयोग चाहे उसंग इजाजत लिनुपर्ने हुन्छ । यो कुरा अन्य हरेक बौद्धिक उत्पादन अनि खोजमा लागु हुन्छ ।

हरेक वर्षको अप्रिल २६ तारिखका दिन विश्व समुदायले विश्व बौद्धिक सम्पती दिवस मनाउदछ, यस वर्षको बौद्धिक सम्तपी दिवसको सबैमा शुभकामना । हामीले कहिलेकाँही सुनेका पनि छौं कि कसैको चलचीत्रमा कसैको गीतको सानो अशं भएकोमा मुद्धा दायर भन्ने कुुराहरु पनि, यी सबै कुराहरु यसै बौद्धिक सम्पती अधिकारमा पर्दछ । सर्जकको अनुमती बिना केही कुरा या तवरहरु अरुले प्रयोग गर्न पाइन्न ।

दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसाहिकता दुबै हुन्छ र त्यसको संरक्षणको सस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । अहिले डिजीटल यूगमा त झन विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढि झैं आएको छ, यस बौद्धिक अधिकारको संरक्षण बीना त सर्जकको सिर्जनाको मुल्य नै रहन सक्ने अवस्था छैन् । हामीले सुन्ने गीतहरु देखि कपी पेस्ट गर्ने बिचार अनि भनाइहरु ति सर्जकका सम्पती हुन या हैनन् ? यदि हो भने के ती कुराहरु ति सर्जकका सम्पतीको उत्पादकत्व के ? आदि सोचनीय कुरा भएका छन् ।

यस वर्ष विश्व समुदायले महिलालाई बौद्धिक सम्पतीको सिर्जनामा उत्प्ररित गर्ने हिसाबले नारा पनि राखेको छ । नेपालीमा यसको अर्थ नवप्रवर्तन अनि सिर्जनात्मकतामा महिलाको भूमिका भन्ने रहन्छ । कथाकारले कथा लेखेरै खान पाउन्, उनका कथा अनि चरित्रहरु नचोरिउन् । कविले कवितामै जीवन पाउन अनि उनका कवितामा उनैको मात्र अधिकार रहोस् अनि हरेक सर्जकले आआफ्नो सिर्जनाको मुल्य पाउन् । सर्जक र सिर्जना दुबैको सम्मान होस् । व्यापार, समाज अनि प्रविधी सर्वज्ञ बौद्धिक सम्पतीको रक्षा हुने वातावरण रहोस् । शुभकामना

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.