कानून दिवस | श्री शंकराचार्य जयन्ती | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कानून दिवस | श्री शंकराचार्य जयन्ती





कानून दिवसमा सबै न्यायप्रेमी नेपालीहरुलाई स्वागत छ। बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो । 

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई आजको दिनमा सबैतिरवाट जोड दिने गरिन्छ । 

हुन त नेपालको संवैधानिक न्यायिक स्वतन्त्रतामा बेलाबेलामा प्रश्न खडा हुँदै आएको छ । प्रजातन्त्रको अभ्यास भइरहेको समयमा समेत एउटै व्यक्ति कार्यपालिका र न्यायपालिकाको प्रमुख भएको इतिहास छ । स्वतन्त्र न्यायपालिकाको मर्म विपरित तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कार्यपालिका प्रमुखको समेत जिम्मेवारी दिंदा न्यायिक स्वतन्त्रताको प्रश्न उब्जिएको थियो । खिलराज रेग्मी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बहाल रहेकै बेला संवैधानिक बाधा अड्काऊ फुकाउ भन्दै प्रधानमन्त्रीको हैसियतमा २०६९ फागुन ३० गते अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष बनाइएको थियो । २०६४ सालमा निर्वाचित संविधानसभाले नयाँ संविधान बनाउन नसक्दा अन्योलग्रस्त बनेको राजनीतिसँगै रेग्मीको उक्त नियुक्तिले स्वतन्त्र न्यायपालिकाको अवधारणामा समेत अर्को नयाँ अन्यौलता पैदा गरेको थियो । शक्ति पृथकीकरणको सिद्धान्त विपरित यसरी एउटै व्यक्ति दुई प्रमुख अंगको प्रमुख भएपछि नेपाल बार एशोसिएसनले त्यसको बिरोध जनाएको थियो । जे होस सार्वभौम नेपालमा स्वतन्त्र न्यायपालिकाको पर्दापण सँगै न्यायालय माथीका यी आरोप, घटना अनि परिघटनाको सारसंक्षेपलाई बिट मार्दे ईतिहास कोट्याउन चाह्यौ, नेपाली न्यायीक इतिहासको ।

नेपाली न्यायको इतिहास मल्लकालिन न्याय व्यबस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरु हुँदै यहाँ आइपुगेको हो। इतिहासको पाना कोट्याँउदै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि ब्यबस्थापिका तिनै अगंहरु राणा शाषकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ती सफल भएपछी बैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रिय न्यायलय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानून दिवस । बिस्तारै वि सं २००९ मा प्रथम र एतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्तऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरु अकाट्य र अन्तिम हुने कानूनीब्यवस्था गरेको थियो । यो नै आजको दिनसम्म आईपुगेको नेपालको स्वतन्त्र न्यायालयकोप्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रुपमा पनि लिनेगरिन्छ । कानून दिवसका माध्यमबाटअन्यायमा परेकाजनसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायलयप्रतिको सम्मान अभिवृद्धिहुने विश्वास गरिएको छ ।

द्धन्दकालमा वेपत्ता पारिएका परिवारजनहरु का तस्विर बोकेर आँशुका ढिक खसाइरहेका आँखा देखि दशकौं देशि अदालतमा अड्किएका मुद्धाको कागजात लिएर हिँडेका सेवाग्राहीका पैंतालासम्म यस वर्षको कानून दिवसले दायराहरु छिचोल्दै पुग्नुपर्ने देखिन्छ।

सतीले सरापेको देश भन्दै अन्यायलाई व्याख्या गर्ने अनि नेपालमा यस्तै त हो नी भनेर अन्यायलाई सामान्य रुपले लिने चलन यसपालाको कानून दिवस वाट क्रमश घट्दै जाओस् । नेपालको कानून दैवले जानुन भन्ने थेगोहरु निरर्थक हुन सकुन। पशुपतीनाथको पावन भूमिमा न्यायको प्रभावकारिता कायम रहोस्, व्यक्ति हैन विधीको शाषन होस् अनि कानून सबैलाई सरोबर होस् । यस दिवसका दिन तिनै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ ।

प्रजातान्त्रीक अभ्यासमा राज्य चलाउन मुख्य तिनवटा अंगहरु ब्यवस्थापिका, कार्यपालिका र न्यापालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधीको शाषन स्थापित गर्नु हो । आज सर्वोच्च अदालत परिसरमा दिउँसो बिशेष कार्यक्रम आयोजना गरिन्छ भने देशैभरिका न्यायलयसंग समबन्धीत सस्थाहरुमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ।

राजनीती र न्यायलयको नरुचाईएको मिश्रण मुक्त नेपाली न्यायलय आजको आवश्यक्ता हो । हजुरवुवाको पालाको मुद्धा नातीले पनि खेपीरहेको हजारौ मुद्धाहरुको सूनुवायी बाँकी छ, घरखेत वेचेर अदालती कारवाहीको पैसो तिर्नपर्ने उदहारण ब्याप्त छ अनि दुख्खदायी कुराहरु त निमुखाहरुले न्याय नपाएका अनि टाठाबाठाले बांगो बनाएका मुद्धा र निर्णयहरुसँग छ । कालो कोट भित्रका सेता भावनाहरु पारदर्शी होउन, कानूनका लामा अनि समान हातहरु सबैको शिरउपर होउन् , कानून किनवेच नहोस् ।

श्री शंकराचार्य जयन्ती 


पोहोर साल आधूनिक इतिहासका शंकराचार्य पिढिबाट कांचीका शकंराचार्य जयन्द्र सरस्वतीको देहावसान भयो । यस वर्ष पीठहरुमा नयाँ शंकाराचार्यको आगमनको चर्चाको उत्तरार्धमा उनको देहावसानले सारा हिन्दूलोक मर्माहित भएको छ । वैदिक सनातन हिन्दु संस्कार अनि दर्शनका रखवाला अनि ज्ञानका अद्भूत श्रोत शंकराचार्यको विषयमा हजार जिब्रो भएका शेष नागले पनि वर्णन र बयान गर्न सक्दैनन् । धर्मरक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानीकरणका लागि शंकराचार्यको यूगान्तकारी देन छ । भारतवर्षका आधूनिक धर्म संस्थापक शंकराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरु अहिले पनि धर्मशास्त्रहरुमा कालजयी वचन बनेर रहेकाछन् । उनले अद्यात्मदर्शनलाई उजागर गरेका थिए । उनकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शंकाराचार्य अद्वैत वेदान्तका संस्थापक थिए । श्री शंकराचार्यले नेपाल सहित सम्पुर्ण हिमवत्खण्डमा महत्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरु छन् । 

धार्मिक मान्यता अनुसार शंकाराचार्यलाई अादीदेव भगवान शिव शंकरका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार शंकराचार्यका पिता शिवगुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरुका सन्तान भएका थिएनन् । शिवगुरुले सन्तान प्राप्तिको इच्छा पुरा गर्न श्रद्धापुर्वक भगवान शिवको तपस्यामा लीन भए । उक्त तपस्याका प्रभावले भोले शंकरले शिवगुरुलाई सपनामा दर्शन दिए । भगवान् शंकरले वरदान माग्न भने, शिवगुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे; तर भगवान शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।

शिवगुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिंदै उक्त पुत्रका रुपमा स्वयं आफ्नो जन्म हुने बताईदिए । यसरी शिवगुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रुपमा शंकरलाई जन्म दिइन् । त्यहि शिवको अवतारका रुपमा जन्मिएका कारण उनलाई शंकराचार्य भनिएको थियो । शंकराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्वशास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरू शंकराचार्यका नामबाट प्रसिद्ध भए ।

प्रत्येक बर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान हिन्दु दार्शनिक एवं धर्मगुरु शंकाराचार्यको जन्म जयन्ती मनाइन्छ । शंकराचार्यको जन्म ईशापूर्व ७८८ मा भएको थियो भने मृत्यू ९२० मा भएको थियो । आदि जगतगुरु शंकराचार्यको २५२७ औं जन्म जयन्ती आज भव्यताका साथ मनाइदैछ । शंकराचार्य जयन्तीका अवसरमा मठहरुमा पूजाआजा गरिन्छ । वैदिक विद्वानहरुले वेद पदहरु वाचन गर्दछन् । शोभायात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरु आयोजना गरिन्छन् ।

भारत केरलाको कलाडीमा जन्म भएका शंकराचार्य केवल ३२ वर्ष सम्म मात्र बाँचेको पाइन्छ, यसै बिचमा हजारौं वर्षमा गर्न नभ्याइने कार्य शकंराचार्यबाट भएको पाइन्छ । शंकराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौं किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसंग दिक्षा लिएको पाइन्छ । नर्मदा तटको ४ वर्षको बसाईमा शंकराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम विन्दु हासिल गरेको बताइन्छ । भारतवर्षका ४ कुनामा ४ वटा मठहरु स्थापना गरेर सनातन धर्मको सस्थागत रक्षार्थ शंकराचार्यले गरेको संरचना अझै कायम छ ।

भारतवर्षको लम्वाई र चौडाई हुनेगरि शंकराचार्यले सबैजसो भू-भागमा गएर दिक्षा दिने र त्यहाँ भएका अन्य विद्वानसंग शास्त्रार्थ गर्ने बताइन्छ । यसक्रममा अन्य धर्म या दर्शनमा गएकाहरुलाई पनि सनातन धर्ममा पुनः ल्याउने पावन कार्य शंकराचार्यले नै गरेको इतिहास छ । शंकराचार्य एउटा असल कवी पनि हुन्, सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कवीताहरु शंकराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शंकराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शंकराचार्य अमर रहुन् ।
----
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.