'श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

'श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति




'श्री स्वस्थानी व्रत कथा' समाप्ति विशेष अडियो सामाग्री

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस्, हाम्रो शुभकामना ! 

यो लेखलाई अंग्रेजीमा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्।

यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतीको घमण्ड, दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरै कुराहरुले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा छ । तपाई-हाम्रो आफ्नो प्रिय मोबाईल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाचीकरुपमा हजुरहरूले आफ्नो मोबाईल र हृदयमा ठाउँ दिनुभएको छ, यसमार्फत् यहाँहरूले श्रवण गर्नुहोस् भन्ने उद्धेश्यले नै स्वस्थानी परमेश्वरीको महीमाका कथाहरु हामीले विशेष अडियो सामाग्रीको रूपमा दैनिक अध्यायहरू हामीले प्रस्तुत गर्याैं । हाम्रो पात्रोको यस पारम्परीक, धार्मीक तथा सांस्कृतिक पहलमा यहाँहरुले देखाउनुभएको माया अनि सद्भाव प्रति हामी कृतज्ञ छौं, हाम्रा अादरणीय प्रयोगकर्ता, श्रोताहरूलार्इ धेरै धन्यावद । स्वस्थानी व्रतकथाको समाप्ति भएपनि अर्को अध्यात्मिक तथा तार्किक चिन्तन सहितको महान ग्रन्थ गीताको अाधूनीक व्याख्या "विश्वगीता" हामीले प्रत्येक मङ्गलबार नियमित श्रृंखला अन्तर्गत प्रस्तुत गरी नै रहेका छाैं ।

गएका पुस्ताले आउने पुस्ताकालागि छाडेर जाने मुख्य कुराहरुमा सस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरो हो । नेपालीजनमा यस्ता सस्कार अनि परम्पराको ठूलो मुल्य अनि महत्व छ यस्तै एउटा सदियौं पुरानो संस्कार हो, श्री स्वस्थानी माताको व्रत कथाको अडियो सामाग्री प्रतिको प्रयास । विभिन्न दस्तावेज अनि लेखहरुमा स्वस्थानी व्रतकथालाई महिलाहरुले मात्र गर्ने कठिन व्रतकारुपमा चित्रण गरिएतापनि यो विशेष अास्था र देवादीदेवसंग जुटेको स्वस्थानीको व्रत अनि महीमा पुरुषहरुले पनि गर्ने गरेको पाईन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वाश र जनउक्ति छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्धी अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्दूजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ पूजा अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरागर्ने यी देवी स्वस्थानीको चारवटा हात छन् र ति हातहरु चक्र, त्रिशुल, तलवार अनि कमलको फूलले सुशोभित छन् ।

श्री स्वस्थानी व्रतकथाको संक्षिप्त साङ्गे विधि


यस विशेष एक महिनाको महत्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथावाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलार्इ मजबुत पार्दछ । फेरि समापनका अवसरमा सामूदायीक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्वपूर्ण भूमिका निभाएको छ ।

अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।

हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । 'उपनयतु सकल जगनमङ्गलाय'बाट शुरु हुने यो कथा 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ । सबै उमेर समूहको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ ।

परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेषमान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत्, गुहेश्वरी अनी शालिनदी लगायत विभिन्न क्षेत्रहरुको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरु नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरुको कल्याण होस् ।

हामी पुनः अर्को वर्ष यीनै पाैराणीक कथा र यीनका विशेष पात्रहरूकासाथ पुनः अाउने नै छाैं । तपार्इलार्इ मनपर्ने अन्य थुप्रै सामाग्रीहरू अझै छन् र अाउँदैपनि छन्, सुन्दै गर्नोस्, हेर्दै गर्नोस् तथा प्रयोग गर्दै गर्नोस् हाम्रो पात्रो । नमस्कार !

"सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरु वैकुण्ठ जाला
फेरि अर्को वर्ष शुरु शुरु आईजाला"
श्री स्वस्थानी परमेश्वरीको जय!

माघ स्नान समाप्ति


प्रकृतिमा रम्ने अनि प्राकृतिक तवरमा बस्ने महिना हो माघ, केवल माघ महिनामा गरेका दानपुण्य, तप, व्रत र संकल्पले बाँकी ११ महिनाभरि गरेका सबै पुण्यहरुको तुलनामा धेरै फल दिन्छ । माघ देवत्वको महिना हो, सकारात्मक सोच अनि संकल्पको महिना माघका विशेषताहरुमा श्री स्वस्थानी व्रतकथाका अलावा अर्को विशेष सकंल्प स्नान पनि पर्दछ जस्लाई माघ स्नान भन्दछौं ।

महान कवी तुलसीदासले रामचरितदास मानसको वालखण्डमा माघ महिनाको महिना वर्णन गर्दै लेखेका छन्
‘माघ मकर गति रवि जब होई, तीरथपतिहि आव सब कोई।’

माघ कमरमा क्रमश सूर्यको गती तेज हुँदै जान्छ र एवं रितले तिर्थ र पर्वहरु क्रमश आँउदै गर्दछन् । अब माघ महिनाको महिमासंग जोडेर माघ स्नानको वयान गर्न चाहन्छौं, पौष शुक्ल पूर्णिमाका दिन यो स्नान शुरु हुन्छ । माघ महिनामा गरिएको तपले मानव जीवनमा ठूलो सार्थकता राख्दछ । माघ महिनामा मानव जीवन र पञ्चतत्वको विशेष समन्वय अनि निकटता रहने गर्दछ, हाम्रो शरीर पृथ्वी, जल, अग्नि, आकाश र वायूले बनेको हुन्छ ।

असली तपद्धारा हामी पञ्चतत्वको प्रभावलाई हामी उपर सकारात्मक बनाउन सक्दछौं, माघ स्नान यिनै तपहरु मध्य एक हो ।

गंगे यमुने चैव गोदावरि सरस्वती।
कावेरी नर्मदे सिन्धोर्जलअस्मिन्सन्निधिं कुरु॥’

माथिको मन्त्र उच्चारण गर्दै पवित्र नदिहरुमा स्नान गर्दा शरीरमा पवित्रताको सञ्चार हुने गर्दछ, हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ र नदिहरु लगायत जलकुण्डमा स्नान गर्दा शरीरको अघिकतम दोष र रोगहरु नाश हुने हुन्छ । माघ स्नानमा शाली नदि, पवित्र बागद्धार, धनुषाको दुधकुण्ड, जनकपुरका पोखरीहरु, देवघाट लगायतका तिर्थस्थलहरुमा तिर्थालुहरुको बिशेष घुँईचो रहन्छ । पौष पूर्णिमाबाट शुरु भएको माघ स्नान माघ शुक्ल पूर्णिमा सम्म चल्दछ, आज यस स्नानको विधिवत अन्त्य हुँदैछ । माघ महिनाको तेज अनि प्रताप सबैमा फलिफाप हुने होस्, सबैको जय होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.