ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तिमा अन्याय र अत्त्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्त्याचार गर्ने शैतानको विनास गरेको धेरै कथाहरु हामीले सुनेका छौ। भगवान विष्णुले अरु अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनास गर्न लिनुभएको थियो।