ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय मजदुर दिवस
बिशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ दिन) हुनआँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा वहुत भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।