बिसं २०७४, असोज १
आकाश अनि मौसममा दशैंको छापहरु देखिन थालिसकेको छ । बिशाल निलो आकाश मुनी घट्दो गर्मीसंगै शितलता महसुस हुन थालेको छ । बर्षाले चिस्याएका माटाहरु अब सुस्तरि सुक्न थालेका छन् अनि धान खेतका गराहरु प्याट प्याटी चिरा पर्न थालेका छन् । भदौरे धान अनि घैया त पाकिसकेर दशैंकालागि चिउरा समेत कुट्ने तरखर भइसकेको होला । वर्षमा १२ वटा महिना र १२ वटै संक्रान्ति हुन्छन्, यी १२ वटा संक्रान्तिहरुलाई ४ वटा वर्गमा वर्गिकरण गरिएको हुन्छ, आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी एकादशीहरु । सम्पूर्ण संक्रान्तिहरु दान पूण्य क्रियाकलापकालागि अत्यन्त महत्वपूर्ण हुन्छन । हिन्दूहरुको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरुको दिन कन्या संक्रान्ति हो ।
दशैंमा घर फर्कन गाडीको टिकट, प्लेनको टिकट लगायतका कुराहरुको लाईन बढ्दो छ । औंला भाँचीभाँची घर जाने अनि आउने दिन, कार्यलय अनि बिद्यालय बिदाको गणना पनि हुन थालेका छन् । दशैंकोलागि खसी-बोका, कपडा अनि पारीवारीक जमघटमा लोकप्रिय खेल तासको जोहो पनि भइसक्यो कि ?
कुन कोठामा जमरा राख्ने छलफल पनि सधैंजसो दशैंको मुख्य पारीवारीक वहसको बिषय हुनेगर्छ । जे होस् यस वर्षको दशैंको हर्षले अब काउकुती दिन थालेको छ ।
-----
असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलार्इ निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाअाजा गर्ने गर्दछन् ।
विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, उनको एकमात्र सन्तान छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको अाधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन । मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस । भर्खरै गरिएका सोह्र श्राद्धका पितृकर्मले पितृहरुले मोक्ष पाउन , अनि शान्ति छावोस, आजको दिनको सबैलाई शुभकामना ।
---
त्यसै गरि हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो । चलचित्र बिकास बोर्ड भनें सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मी हरुको संस्थागत बिकास पनि रहेको छ ।
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।
बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन थापा ले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।
त्यसै गरि बिसं २०१४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।
भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा अइपुगेको हो ।
यस बर्ष पनि थाहा आन्दोलनका शुरुवाती रुप चन्द्र बिष्टको जीवनमा आधारित चलचित्र रुदाने लगायत अन्य केही चलचित्रहरु संग दर्शकको ठूलै आशा रहेको छ ।
दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यर्थाथ अभिनय सँग लुटपुटिएको छ । अब त नेपाली चलचित्र ले पनि करौडौंको व्यापार गर्न थालेको छ भनें बिदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।
ग्लयामर र मारकाट वाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदहारण प्रसस्त स्थापीत भएको छ । आरामदायी सिनेमा हल देखि सहज बजार व्यबस्थापन सम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ ।
असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रुपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबै लाई शुभकामना ।
क्यामरा र पर्दा दुबै तर्फ लक्षिन बसोस्
समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस्
नेपाली चलचित्रलाई माया गरौं
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको
Liked by: