ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
Suyog Dhakal · Jul ३०, २०१८
दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ । नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाअाजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ ।

खिर खाने दिन
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो बिशेष दिनलाई खिरको स्वादले अझै स्वादिलो बनाउँछ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु भएकाले लैनाे गाई र भैंसीहरुले प्रशस्त दुध दिने गर्दछन्, दुधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने धारणा छ ।