ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तूलसीको मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

लक्ष्मी पूजा तथा लक्ष्मी जयन्ति
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
उपलब्ध भएसम्म हरियो गोबरले आँगन सफासुग्घर अनि चट्ट पार्नकालागि गार्इको गोबरले लिप्ने गरिन्छ । कमेरो माटोले या राता माटाले भित्तापोतेको घर अनि हरियो गोबरले लिपेको तर पूरापूरी ओभानो नभइसकेको आँगन, बालिएका दियोहरु, झलमल्ल आँगनको प्रवेशद्वार, भान्सामा पाकेको सेलरोटीको एकतमासको मिठो गन्ध अनि प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।