अगस्त ८, २०१७
बिसं २०७४, श्रावण २३ अाज पूर्णिमाको दिन पर्न गएको चन्द्रग्रहण र यस ग्रहणको बिषयमा केही कुरा गरौं । यस दिनको ग्रहणलाई खग्रास केथुग्रस्तपक्षिका चन्द्रग्रहण तथा सोमबार परेको हुँदा यसलाई चूँडामणि चन्द्रग्रहण पनि भनिन्छ । श्रावण नक्षत्रमा मकर राशीको मेश र भ्रिसब राशीमा यस ग्रहण पर्न आउँछ ।
सामान्यतया चन्द्रग्रहण पूर्णिमाकै दिनमा पर्नेगर्दछ । भारत, मलेसिया, श्रिलङ्का, यूएई, यमन, साउदी अरब, जर्मन, फ्रान्स लगायत अष्ट्रेलीयाबाट पनि यस चन्द्रग्रहण स्पष्ट रुपमा देख्न सकिने छ ।
के हो त चन्द्रग्रहण ?
यो एउटा चन्द्रमाँको सामान्य बृतचक्र हो जहाँ सूर्य र चन्द्रकोबिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यसक्रममा पृथ्वीको छाँया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छाँयाले कालो देखिन्छ र यो नै चन्द्रग्रहण हो । यसपालाको चन्द्रग्रहणमा पनि पृथ्वीको छाँयाले चन्द्रको केही भाग कालो देखिने छ । यो चन्द्रग्रहणमा पृथ्वीको कुनैपनि भागबाट चन्द्र पूर्णरुपले कालो भएको देखिने छैन । काठमाण्डौबाट २३ श्रावण राती ११ बजेर सात मिनेटमा प्रारम्भ हुने खग्रास चन्द्रग्रहण १ बजेर ३ मिनेटसम्म देखिने छ ।
सन् २०१७ को दोश्रो र अन्तिम चन्द्रग्रहणका रुपमा यस खगा्रस चन्द्रग्रहणले चन्द्रको करिब एकचौथाई भाग पृथ्वीको छाँयाले ढाक्ने अनुमान र अध्यन गरिएको छ । विश्वका देशहरु उत्तर अमेरिकाका भागमा पर्ने र ग्रीनल्याण्डबाट भने चन्द्रग्रहण देखिने छैन ।
सामान्यतया ग्रहणलाई नराम्रो रुपमा व्याख्या गरिएको पाइएतापनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यबहार र सामाजिक अन्तरक्रिया पद्धतिहरुमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसंग ग्रहणलाई जोडेर हेर्ने चलन भएतापनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, किर्तन भजन गर्ने चलन शदियौंदेखि चलिआएको छ । ग्रहण पछि खोला या तिर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।
यस चन्द्रग्रहणले अशान्ति र असहिष्णु तत्वहरुको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरुमा शान्तिको शितलता चन्द्रले प्रदान गरुन् ।
----
हाम्रो पात्रो
Liked by: