नेपाली सेना दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपाली सेना दिवस




नरेन्द्रदेव का पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो ।



एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ ।

पूर्विय सिमा बाट बहने मेची खोला र पश्चिमी सिमाबाट बहने महाकाली यस देशका सिमाहरु हुन् । नेपालको इतिहासको लीखित शुरुवात भने ईशापूर्वको ३५० बर्षअघिबाट भएको पाइन्छ । पौराणीक समयमा गोपाल, महिसपाल, किरांत, लिच्छवी लगायतका बशंले शाषन गरेका यस ठाँउमा राज्यहरु माथि आक्रमण गर्ने, कव्जा गर्ने अनि आफ्नो राज्यको सिमा बिस्तार गर्ने जस्ता कुराहरु समय समयमा भइरहन्थे । रेकर्डहरु केलाउने हो भने नेपालको आफ्नै सेना खडा गरिएको सन् ३५० पछिका इतिहासहरु भेटिन्छ । उतिवेला तीव्बत र भारत दुबैतर्फमा राज्यहरुमा आआफ्नै सेना खडा भइसकेका थिए। लीच्छवी बशंको शाषन ताका सेनाको सस्थागत प्रयास नेपाली भूमिमा शुरु भएको इतिहास भेटिन्छ । राजाहरु मानदेव, शिवदेव, नरेन्द्रदेव र अंशुबर्मा का प्राचिन शोध र तथ्यहरु लगायत शिलालेखमा यि कुराहरु उल्लेख छ । यस भन्दा अघिबाट नै सेनाको अभ्यास भएको हुनपर्दछ तथापि तथ्यहरु यिनै राजाका पालाका भएकाले यहाँबाट सैनिक अभ्यास शुरुवात भएको मानिएको छ । 

नरेन्द्रदेव का पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो । किल्लाका कमाण्डरलाई क्वान्थ नायक भनिन्थ्यो जो अत्यन्त शक्तिशाली हुनेगर्दथे, उनैको नेतृत्वमा सैनिकहरु खटाइएका हुन्थ्यो । मध्ययूगिन समय ताका कर्णाली क्षेत्रका खस् मल्ल बंशहरुलाई काठमाडौका मल्लहरुले सहजै हराएको इतिहास छ , कर्णालीका खस् मल्लहरु संग पनि सैन्य दस्ता अत्यन्त मजबुत भएको तथापि काठमाडौ मल्लहरुको रणनैतिक अनि आधूनिक रणकौशल अघि उनीहरु सहजै हारेका थिए । यससमयमा नेपाल बिभिन्न राजा रजौटाहरुमा बाँढिएको थियो, सेनाहरु राजा, यूवराज, ओमरावस, क्वान्थ नायक लगायतका हातमा अनि कुनै एक निर्दिष्ट शक्तिको निर्देशनमा मात्र थिएनन् । काठमाडौ र डोटी लगायतमा त भारतिय सेनाहरुको पनि केही साथ र सहयोग पनि रहेको पाइएको थियो । तर जब १७ औं शताव्दीमा यूरोपबाट एसिया र अफ्रिकामा उपनीवेषबाद को लर्को शुरु भयो तब बिदेशी सेना अनि घुसपैठी लगायत राज्यहरुमा स्वतन्त्रताको प्रतिरक्षाका लागि ठूलो चुनौती खडा भयो ।

इस्ट इण्डिया कम्पनीले भारतका अधिकांश ठाँउहरु कव्जा गर्दैगर्दा यता नेपालका राजारजौटाहरुलाई नेपालीपनाको एकै आधारमा पृथ्वी नारायण शाहले एकीकृत गर्दै आएका हुन् । नेपाली सेनाको शुरुवात र सस्थागत अभ्यासको लागि यसै एकीकरण प्रक्रिया नै एउटा महत्वपूर्ण बिन्दु मानिन्छ । गोर्खाका सेना बाहेक पनि एकीकरणमा सहयोग गर्न पृथ्वी नारायण शाहले भारतिय भूमिसंग नाता गाँसेर यूद्धका सामान अनि हतियार मगाएको देखिन्छ, नेपाली सेनाको रणकौशलता का शुरुवाती दिनहरु त्यहीवाट शुरु भएको हो ।

ब्रिटीशहरुले गोर्खाली सेनाका बिरुद्धमा बिभिन्न यूद्धहरु लडेका ब्रिटीशहरुले गोर्खाली फौजको अदम्य साहस देखेर पछि आफ्ना सैन्य दस्तामा नेपाली फौज भर्ती लिन थाल्यो । तर नाम भने गोर्खा नै रह्यो, यसैकारणले पनि नेपाली सेनालाई बिदेशमा गोर्खाका नाममा चिनिन्छ । गोर्खाबाट शुरु भएको एकीकरणको आगो र धागो आजसम्म पनि नेपाली सेनाले ज्वलन्त बनाएर हिँडेको छ ।

सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अबिछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । बिश्वयूद्ध देखि गृहयूद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भुकम्प होस् या कुनै दुर्घटना या अन्य ुनै प्राकृतीक प्रकोप, सेना हरेक ठाँउमा पुगीदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेना सर्वत्र चर्चामा छ । सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्याँ ५० हजार वाट ९५ हजार बनाएको हो । माओवादी दस्तावाट पनि सेनामा समायोजन गरिएको छ ।

हरेक बर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ र यसक्रमको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौं आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलीकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले बिशेष कार्यक्रम र परेड प्रर्दशन गर्दछ । उच्च आहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिती हुने यस कार्यक्रम हेर्न सर्वसाधरणको भींड लाग्ने गर्दछ ।
  
देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलता सप्तरिको तिलाठी देखि सुस्ता अनि कालापानी सम्म देखाउन सुकन् । सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस बर्षको महाशिवरात्रीको सेना दिवसको सकल नेपालीलाई शुभकामना ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.