Ramadaan Starts | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

रमदानको महिना शुरू





ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औँ महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ । अरबी भाषावाट लिइएको रमदान शब्द को अर्थ अत्यन्त गर्मी, तातेको जमीन अनि खाना तथा पानीको दुख्ख भएको समय भन्ने बुझाँउछ । ईस्लाम धर्मावलम्बीहरुको महान यस पर्वलाई जीवन अनि भोगाईहरुको पर्याय पर्वका रुपमा लिन सकिन्छ । सबैभन्दा पवित्र अनि कृपाले भरिपूर्ण यस महिनाभरि ईस्लाम धर्मावलम्बीहरु सूर्यको उदय र अस्तको विचमा केही खाँदैनन्, पानीसम्म नखाईकन गरिने यस ब्रतमा रातीको समय अनि विहान घाम उदाउन अगाडि खाने चलन छ । यसरी बस्ने ब्रतलाई रोजा भनिन्छ , रोजा बस्नाले वास्तवमै आत्मसन्तुलन, आत्मविश्वास अनि मानवीय तृष्णाहरुलाई सिमीत गरेर भक्तिभाव अनि पवित्रता तर्फ मन लगाउन सकिन्छ । साँझ विहान सपरिवार बसेर खाना खाइन्छ र यसरी खाना खानुलाई ईफ्तार भनिन्छ । यसरी ईफ्तारमा मुसलमान अनि अन्य समुदायका ईष्टमित्र हरुलाई पनि बोलाउने चलन रहन्छ । घरपरिवार बाट टाढा भएकहरुले मस्जिद या मदर्सा या अन्य सामुदायीक स्थलहरुमा सामुहीक ईफ्तारमा सम्मेलीत हुन्छन् ।

यसै महिनामा पैगम्बर मोहम्मदले पवित्र ग्रन्थ कुरान दिनुभएको विश्वास छ, यसै पवित्र कुराको संझनामा पनि रमादान मनाइने गरिएको जनउक्तिहरु रहेका छन् ।

रमादान भन्ने वित्तिकै खाली ब्रत अनि रोजाका कुरामात्र आँउदछन् तर रमादान बास्तवमा रोजामात्र नभई अन्य धेरै कुराहरु अनि पवित्रताका अभ्यासहरुको समायोजन पनि हो । यस समयमा गरिने प्रार्थनाले भक्तजनलाई अल्लाहको अझै नजिक लिएर जाने विश्वास गरिन्छ । कुरानका अनुसार आफ्नो नराम्रा कार्य नछाडिकन अनि अप्रिय बोली बोल्न नरोकीकन र झुठो बोलेर कोही रमादानमा ब्रत बस्दछ भने अल्लाहले त्यस ब्रतको फल दिनुहुनेछैन । यसअर्थमा मानवता, सहयोगी भावना अनि सदभावकको पर्याय यस पर्वको शुरुवाती दिनमा हामीसबै मुसलमान अनि गैर मुसलमान दुबैलाई स्वागत छ ।

गर्भवती महीलाहरु, मधुमेह भएका मानिसहरु, बालबालीकाहरु लगायत कहिलेकाही विश्व स्तरीय खेल खेलिरहेका मुसलमान खेलाडीहरुलाई म्याचको दौरान रोजा छुट गर्ने चलन छ ।  विश्वकप फुटबलको बेला सन् २०१४ मा मुसलमान खेलाडिहरुलाई रोजा छुट गरिएको थियो । रमादान महिनाो अन्त्यमा ईदऊल फितर बडो भब्यताका साथ संसारभरि मनाईन्छ । संसारभरिका मुसलमान साथीहरुलाई रमादानको शुभकामना । यसै आलेखका साथमा हामी यहाँहरुलाई हाम्रा हजयात्री साथी फिरोज अन्सारीले खिच्नुभएको पवित्र मक्काका केही तस्वीरहरु देखाउन चाहन्छौ ।
तस्वीरहरु

पैगम्बर मोहम्मदको जन्म भएको भनिएको पवित्र घर


मक्का शरीफ


ईब्राहीम अली सलम का पवित्र पाईलाहरु

-सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.