अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस्, हाम्रो शुभकामना !
यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतीको घमण्ड, दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरै कुराहरुले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा छ । तपाई-हाम्रो आफ्नो प्रिय मोबाईल सहयात्री हाम्रो पात्रो, जसलाई नेपालीपनको पर्यायवाचीकरुपमा हजुरहरूले आफ्नो मोबाईल र हृदयमा ठाउँ दिनुभएको छ, यसमार्फत् यहाँहरूले श्रवण गर्नुहोस् भन्ने उद्धेश्यले नै स्वस्थानी परमेश्वरीको महीमाका कथाहरु हामीले विशेष अडियो सामाग्रीको रूपमा दैनिक अध्यायहरू हामीले प्रस्तुत गर्याैं । हाम्रो पात्रोको यस पारम्परीक, धार्मीक तथा सांस्कृतिक पहलमा यहाँहरुले देखाउनुभएको माया अनि सद्भाव प्रति हामी कृतज्ञ छौं, हाम्रा अादरणीय प्रयोगकर्ता, श्रोताहरूलार्इ धेरै धन्यावद । स्वस्थानी व्रतकथाको समाप्ति भएपनि अर्को अध्यात्मिक तथा तार्किक चिन्तन सहितको महान ग्रन्थ गीताको अाधूनीक व्याख्या "विश्वगीता" हामीले प्रत्येक मङ्गलबार नियमित श्रृंखला अन्तर्गत प्रस्तुत गरी नै रहेका छाैं ।
गएका पुस्ताले आउने पुस्ताकालागि छाडेर जाने मुख्य कुराहरुमा सस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरो हो । नेपालीजनमा यस्ता सस्कार अनि परम्पराको ठूलो मुल्य अनि महत्व छ यस्तै एउटा सदियौं पुरानो संस्कार हो, श्री स्वस्थानी माताको व्रत कथाको अडियो सामाग्री प्रतिको प्रयास । विभिन्न दस्तावेज अनि लेखहरुमा स्वस्थानी व्रतकथालाई महिलाहरुले मात्र गर्ने कठिन व्रतकारुपमा चित्रण गरिएतापनि यो विशेष अास्था र देवादीदेवसंग जुटेको स्वस्थानीको व्रत अनि महीमा पुरुषहरुले पनि गर्ने गरेको पाईन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको व्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वाश र जनउक्ति छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्धी अनि अध्यात्मिक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्दूजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ पूजा अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरागर्ने यी देवी स्वस्थानीको चारवटा हात छन् र ति हातहरु चक्र, त्रिशुल, तलवार अनि कमलको फूलले सुशोभित छन् ।
श्री स्वस्थानी व्रतकथाको संक्षिप्त साङ्गे विधि
यस विशेष एक महिनाको महत्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथावाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलार्इ मजबुत पार्दछ । फेरि समापनका अवसरमा सामूदायीक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्वपूर्ण भूमिका निभाएको छ ।
अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।
हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । 'उपनयतु सकल जगनमङ्गलाय'बाट शुरु हुने यो कथा 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रका साथै समापन हुन्छ ।
यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ । सबै उमेर समूहको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ ।
परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेषमान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत्, गुहेश्वरी अनी शालिनदी लगायत विभिन्न क्षेत्रहरुको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरु नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरुको कल्याण होस् ।
हामी पुनः अर्को वर्ष यीनै पाैराणीक कथा र यीनका विशेष पात्रहरूकासाथ पुनः अाउने नै छाैं । तपार्इलार्इ मनपर्ने अन्य थुप्रै सामाग्रीहरू अझै छन् र अाउँदैपनि छन्, सुन्दै गर्नोस्, हेर्दै गर्नोस् तथा प्रयोग गर्दै गर्नोस् हाम्रो पात्रो । नमस्कार !
"सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरु वैकुण्ठ जाला
फेरि अर्को वर्ष शुरु शुरु आईजाला"
श्री स्वस्थानी परमेश्वरीको जय!
--------------------------------------------------
चन्द्र ग्रहण
सन् २०१८ खगोलशास्त्री अनि खगोलप्रेमीहरुकालागि एउटा उपहार हो । यस बर्ष त्यस्ता धेरै खगोलिय घटनाहरु पर्न गएका छन् । गएको ३६ बर्षमा नदेखिएको अत्यन्त नीलो चन्द्रमा अर्थात सुपर व्लड व्लु मुन जनवरि ३१ अर्थात १७ माघ २०७४ मा नेपाली आकाशमा देखिन सक्छ तर यसपटकको दुर्लभ चन्द्रग्रहणमा चन्द्रमा ३ वटा भिन्न बिशेषता देखिन सकिन्छ । यस ग्रहण उत्तर अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, रसिया अनि एसियामा चन्द्रग्रहण देखिन सक्छ ।
यो एउटा धेरै ठूलो चन्द्रमा, नीलो अनि सम्पूर्ण रुपमा चन्द्रग्रहण हुन सक्दछ । अग्रेजीमा अत्यन्तै कम भन्नकालागि वान्स इन अ व्लु मून भन्ने चलन छ, त्यस भनाइले उद्धत गरेको व्लु मुन यहि प्रकृतीको चन्द्रमाको दुर्लभता हो । यो एउटा खगोलबिज्ञानको त्रिकोणत्मक संगम हो भनेर स्काई एण्ड टेलिस्कोप म्यागजिनका बरिष्ठ सम्पादक केली बेटीले भनेका छन् । पृथ्वीको छाँयावाट चन्द्रमा हिंड्नुनै चन्द्र ग्रहण हो र यस प्रकारको चन्द्रग्रहण १५० बर्षमा एकफेर देखिन पाइने कुरा बिभिन्न खगोलिय अध्ययनले बताएको छ ।
यो पनि पढ्नुहोस्ः 'खग्रास चन्द्रग्रहण' तथा अाजको दिन विशेष राशिफल जान्नुहोस्
यसपालाको चन्द्रग्रहणको जस्तो चन्द्रमाको एउटा बिशेषता अर्थात नीलो चन्द्रमा चाँही हरेक २ बर्ष ८ महिनामा केवल एकफेर हुने गर्दछ । यसका अलावा पूर्ण चन्द्रमा अनि बिशेष ठूलो चन्द्रआकार यस चन्द्रग्रह्णमा देखिनेछ । यस दिन आफ्नो फन्कोका क्रममा चन्द्रमा पृथ्वीसंग सबैभन्दा धेरै नजिक हुने गर्दछ । यस अवस्थितीलाई पेरिग्री भनिन्छ जसले चन्द्रमालाई साबिकको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चहकिलो देखिन्छ । यसअघि यसै गरि नीलो सन् १९८२ को डिसेम्बर ३० मा यस्तै प्रकृतीको चन्द्रग्रहण लागेको पाइन्छ ।
भारतिय ग्रह अध्ययन केन्द्रका सचिव एन रघुनन्दन कुमारका अनुसार यस ग्रहणलाई नांगो आँखाले हेर्न सकिनेछ । नेपालमा सांझको ५ बजेर ३३ मिनेट देखि शुरु हुने चन्द्रग्रहण त्यसै रात ८ बजेर ५६ मिनेटमा अन्त्य हुने छ । नेपाल भित्रकै यहाँहरुको अवस्थिती अनुरुप ग्रहणको समय केही मिनेट तलमाथि पर्न सक्नेछ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अनुसार यस चन्द्रग्रहण मा रक्तिम चन्द्रमा देखिन सकिनेछ, पृथ्वीको छाँयाले ढाकेको चन्द्रमाको रंग रातो देखिने बताइएको छ । यसअघि यसप्रकारको चन्द्रग्रहण सन् १८६६ को मार्च ३१ मा भएको कुरा पनि नासोले उद्धत गरेको छ ।
पंञ्चागं निर्णयक समितीका पूर्व अध्यक्ष गुरु माधव भट्टराईका अनुसार ग्रहणको समयमा कम्तिमा गहणको ९ घण्टा अघि देखि खाने अनि सुत्ने नगर्न र भक्ति अनि आत्मिक शुद्धतामा ध्यान दिनुपर्दछ । बिश्वमा कुनै बिज्ञान अनि खगोलय प्रविधीको बिकास हुनुपूर्व नै हाम्रा पूर्खाहरुले ग्रहण अनि हजारौ बर्षपछिको ग्रहको अवस्थिती पत्ता लगाउन सक्ने प्रविधीको बिकास गरेका हुन् । यसै प्रविधी अनुरुप शदियौं देखि मानिदै आएको कारणले पनि ग्रहणका समयमा अपनाउने क्रियाकलाप र नियमहरु बैज्ञानिक र महत्वपूर्ण रहेका वहाँ बताउनुहुन्छ ।
एक् जूनीमा एकफेर देखिने चन्द्रग्रहण अवलोकन गर्न नभुल्नुहोला ।
--------
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: