सामाजिक न्याय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सामाजिक न्याय दिवस




सामाजिक न्याय दिवस विषेश अडियो सामाग्री

मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो ।

विभिन्न समाजशास्त्री अनि ईतिहासविज्ञहरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका पुस्तौपुस्ता हुर्कदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शाषक अनि शाषितहरुको वर्ग छुट्याउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलना गर्न थालियो अनि क्रमश सामाजिक अन्यायका असहिष्णु पथको शुरुवात भयो । 

कालाको ठाँउमा गोराहरु हेपिने अनि गोराको ठाँउमा काला हेपिने, स्थानियले आप्रवासीहरुलाई हेप्ने, एक पाईला जग्गा सिमाकालागी रगतका खोलाहरु वगे, जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जस्का अप्रत्यक्ष पदचिह्नहरु आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जिवनभरि हेपिन पर्ने अनि दोश्रो दर्जाको नागरीक अथवा अनागरीक बनेर बाँच्नपर्ने यो कस्तो सामाजिक न्याय थियो रु 

सन् २०२० मा सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दिवसको नारा भनें असमानता र दुरिलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा बृद्धि गर्ने भन्ने राखिएको छ ।

आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशीताको पैरवी पनि गर्दछ, आर्थिक रुपमा संघर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरु अनौपचारीक क्षेत्रले ओगटेको छ, यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरुमा खलल र्नि सक्ने संभावना धेरै रहन्छ । नेपाल सरकारले बिभिन्न कार्ययोजना, आवधिक योजना र रणनिति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐन आदिहरु ल्याएको छ ।

भर्खरै यसैवर्ष नेपाल सरकारले सामाजिक सुरक्षाका प्रावधानहरु समावेश गरेको ऐन पनि ल्याएको छ, नेपाली पावन भूमिमा सामाजिक न्याय र समावेशीताको सदैव वास रहोस् ।

रगतको रगं देखि हड्डीका बनावटसम्म एकै भएका मान्छेहरुको मुटु यदि छ भने उस्ले मान्छे मान्छेमा विभेद देख्न हुदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आयो, आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरुले बर्षेनी यो दिवस मनाउँदै आएका छन् ।

बहुपहिचान सहितको नेपाल अनि नेपालीले विभिन्न प्रकारका सामाजिक असन्तुलन अनि सामाजिक अन्यायहरु सहन गर्दै आएका छन् । पानी चल्ने या पानी नचल्ने जस्ता धेरै विभेदकारी वर्गहरुको अनावश्यक तह बनाईएको समाज अहिले सुस्तरि एकै सेरोफेरोमा सरोबर मिसिँदै गएको छ । नयाँ पुस्ताका नेपालीहरु सााजिक समानतामा विश्वाश राख्दछन्, फेरि हामी त हाम्रो पात्रो चलाउने स्मार्ट पुस्ताका स्मार्ट पुस्ता हौ कि कसो ? आउनुहोस समान समाजको सपना साकार पारौ .

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.