सोह्र श्राद्ध आरम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सोह्र श्राद्ध आरम्भ



आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो । यो वर्षको सोह्रश्राद्ध आश्विन ११ गते प्रारम्भ भई आश्विन २५ गते समाप्त हुन्छ ।

देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ । ति जुनिहरु मध्ये सवोर्त्कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाईर मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गरिन्छ ।

जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । जस अनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरुलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृकालागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पिण्ड भनेको श्राद्धमा पितृकानाममा चढाइने भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्डबटार्ने बेलामा जौ र तील पनि राखिन्छ । आश्व्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा मातामह श्राद्धसम्म सोह्र दिन हुने भएकोले पनि सोह्रश्राद्ध भनिएकोहो । पर्व अर्थात औंसीमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्नु भनि शास्त्रहरुले निर्देश गरेको पाइन्छ ।

मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुपितृलोकमा निवास हुन्छन् । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिसदेवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रैपितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ । भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।

रेबिज दिवस

आज सेप्टेम्बर २८ अर्थात विश्व रेबिज दिवस,विश्वभर विविध कार्यक्रम गरि मनाईदैछ । रेबिज विरुद्धको खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ को स्मरणमा विश्वभर रेबिज दिवस मनाइने गरेको हो । दिवसका अवसरमा रेबिज रोगका बारेमा जनचेतनामूलक कार्यक्रमहरु गरिंदै आएका छन् । रेबिज लागेका कुकुर,स्याल, बिरालो जस्ता जंगली पशुचौपायाको टोकाइबाट मानिस र अन्य स्तनधारी प्राणीमा सर्ने खतरनाक रोग हो । रेबिजका जिवाणुहरुरोग लागेका पशुको र्‍यालमा रहने हुँदा त्यस्ता पशुले टोक्दा घाउसंगै स्वस्थ मानिसका शरीरमा जिवाणु प्रवेश गर्दछन् । विशेषज्ञहरुका अनुसार रेबिजबाट बच्न यस्तोरोग लागेका र सामान्य अवस्थामा रहेका जंगली जनाबरहरुको पहिचान गर्न सक्नुपर्दछ । यस्ता जनावरले टोकिहालेमा टोकेको ठाउँमा तत्कालै साबुन पानीले १५ मिनेटसम्म धुनु पर्दछ रबाँकी उपचारका लागि नजिकको अस्पताल पुग्नुपर्दछ/पुर्याउनु पर्दछ । रेबिज रोगका कारण बहुलाएका कुकुरहरु १० दिनमा मर्ने भएकाले त्यसको निगरानी गर्नुपर्दछ । साथसाथै घरपालुवा कुकुरहरुलाई अनिवार्य रुपमा एन्टिरेबिज खोप लगाउनुपर्छ । रेबिज प्राणघातक रोग भएकाले यसबाट बच्न रेबिज विरुद्धको खोप लगाउनै पर्दछ ।

-हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.