ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

वृहत रुपमा जीवनका तथ्यहरुलाई आत्मसाथ गर्ने हो भने हामी सबैजना विद्यार्थी हौं । मानवमा हरेकपल केही नयाँ सिक्ने र गर्ने चाहना हुन जरुरी छ र यहि चाहनाले उसलार्इ विश्व समूदायले ग्रहण गरीरहेको नयाँ विचार, अनुसन्धानका तथ्य, तथ्याङ्क, प्रयोग तथा अनेक विषयवस्तु विधा आर्जनको लोभले विद्यार्थी बनाइरहन्छ ।

विद्यार्थी दिवस्
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
स्कूले जीवन र कलेजको जीवनको विद्यार्थी हुनुमा धेरै फरक छ । कलेजको जीवनका विद्यार्थीहरू स्कूले विद्यार्थीहरूभन्दा तुलनात्मक रुपमा अलि बढि स्वतन्त्र हुन्छन् । आजभोलीको शिक्षा पद्यतिमा शिक्षक शिक्षिकाभन्दा पनि सहजकर्ता या सुझावकर्ताजस्ता विशेषणहरु प्रयोग गर्न थालिएको छ । वास्तवमा विद्यार्थी परिवेश कालखण्ड अनुसार परिवर्तन हुँदै गएको छ । गुरु द्रोणाचार्यको गुरुकुल शिक्षादेखि गुरुकुलको शिक्षण पद्धति हुँदै आजका दिनसम्मको विद्यार्थीको दिनचर्या अनि पद्धती फरक भइसकेको छ । जे जस्तो भएपनि अनुशासनमा बसेर अनि गुरुहरुको सम्मान गर्दै शिक्षा आर्जन गर्नु नै विद्यार्थीको मूलभुत धर्म हो ।