वृहत रुपमा जीवनका तथ्यहरुलाई आत्मसाथ गर्ने हो भने हामी सबैजना विद्यार्थी हौं । मानवमा हरेकपल केही नयाँ सिक्ने र गर्ने चाहना हुन जरुरी छ र यहि चाहनाले उसलार्इ विश्व समूदायले ग्रहण गरीरहेको नयाँ विचार, अनुसन्धानका तथ्य, तथ्याङ्क, प्रयोग तथा अनेक विषयवस्तु विधा आर्जनको लोभले विद्यार्थी बनाइरहन्छ ।
"विद्यार्थी परिवर्तनका संवाहक हुन्" विश्व राजनीतिको इतिहासलार्इ बुझ्दै जाने हो भने, विद्यार्थीका कारण ठूला राजनीतिक, सामाजिक र अार्थिक परिवर्तनका उदाहरणहरू बनेका छन् । नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा वहू-सांस्कृतीक रुपमा विश्व विधार्थी दिवस मनाईन्छ ।
संझना गरौं न ति दिन जब हामी विधार्थी थियौं या अझै पनि विधार्थी हुँदाका क्षणहरु , शिक्षक कक्षाकोठामा छिर्ने वित्तिकै गुड मर्निगं या गुड आफ्टरनुन सर या मिस या म्याडम भन्दाको क्षण, हाजिर गर्दा आफ्नो रोल नंबरसँगै "यस सर" या "प्रेजेन्ट सर" या "हाजिर" भन्दाको क्षण, सोधेर अनि अनुमति लिएरमात्र शौचलय या काम विशेषले कक्षाकोठा बाहिर गएको क्षण । विधार्थी त हामी अहिलेपनि छौँ, कहिले नयाँ यूगको सामू त कहिले चुनाैतिहरूको अग्ला पहाडहरूको सामू । तर त्यो स्कूले जीवनको एउटा लामो कालखण्डले विद्यार्थीकालिन पलहरू अझ बढी झकझकाउँछ ।
विद्यालयको पोशाक, विहानै राष्ट्रगान गाउँदै एसेम्वली गर्दाको क्षण मन भित्रैदेखि सुनगाभा फूलेझै भइदिन्छ । आज तपाई हामी सबैको विशेष दिन अर्थात आज विश्व विधार्थी दिवस् । जीवन धेरै अध्याय अनि ज्ञानहरुले भरिएको छ, कहिले गुरु हुने त कहिले विधार्थी यो प्रकृतिको नियम हो तर विद्यार्थी हुँदाका क्षण र त्यतीबेला सिकेको अनुशासन र नैतिक शिक्षाका ज्ञान कलाले हाम्रो जीवनमा धेरै प्रभाव पार्दछ । तथ्याङ्क नै हेर्ने हो भने पनि आजको मितीमा सैयौंको संख्यामा नेपाली विद्यार्थीहरु दैनिकरुपमा विदेशमा अध्ययन गर्न जाने गर्दछन् । उनीहरुको हक अधिकार अनि परदेशी पृष्ठभुमीलार्इ सहजपार्नकालागि ति अनेक शिक्षा गन्तव्यका देशहरू अनि यससंग सम्बन्धित अन्तराष्ट्रिय समूदायले धेरै काम गर्नुपर्ने देखिन्छ । यस तर्फ देशभित्रका सम्बन्धित निकायहरुको ध्यान जाओस् ।
स्कूले जीवन र कलेजको जीवनको विद्यार्थी हुनुमा धेरै फरक छ । कलेजको जीवनका विद्यार्थीहरू स्कूले विद्यार्थीहरूभन्दा तुलनात्मक रुपमा अलि बढि स्वतन्त्र हुन्छन् । आजभोलीको शिक्षा पद्यतिमा शिक्षक शिक्षिकाभन्दा पनि सहजकर्ता या सुझावकर्ताजस्ता विशेषणहरु प्रयोग गर्न थालिएको छ । वास्तवमा विद्यार्थी परिवेश कालखण्ड अनुसार परिवर्तन हुँदै गएको छ । गुरु द्रोणाचार्यको गुरुकुल शिक्षादेखि गुरुकुलको शिक्षण पद्धति हुँदै आजका दिनसम्मको विद्यार्थीको दिनचर्या अनि पद्धती फरक भइसकेको छ । जे जस्तो भएपनि अनुशासनमा बसेर अनि गुरुहरुको सम्मान गर्दै शिक्षा आर्जन गर्नु नै विद्यार्थीको मूलभुत धर्म हो ।
वृहत रुपमा जीवनका तथ्यहरुलाई आत्मसाथ गर्ने हो भने हामी सबैजना विद्यार्थी हौं । मानवमा हरेकपल केही नयाँ सिक्ने र गर्ने चाहना हुन जरुरी छ र यहि चाहनाले उसलार्इ विश्व समूदायले ग्रहण गरीरहेको नयाँ विचार, अनुसन्धानका तथ्य, तथ्याङ्क, प्रयोग तथा अनेक विषयवस्तु विधा आर्जनको लोभले विद्यार्थी बनाइरहन्छ ।
आजको यो दिन अर्थात् नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लीकका विभिन्न विश्वविधालयका विद्यार्थीहरुमाथी आक्रमण गरि हत्या अनि गिरफ्तारी गरेको तथा सन् १९८९ मा भएको परिवर्तनमा सामेत विद्यार्थीको शहादतको सन्दर्भलार्इ भावनात्मक रूपमा सम्मान गर्न सम्झिने गरिन्छ । ति विद्यार्थीहरु र उनिहरुको मृतआत्माको चिर शान्तिको कामना हो विद्यार्थी दिवस् । नेपालमा पनि विभिन्न चरणमाभएका आन्दोलन अनि परिवर्तनकारी कदमहरुमा विद्यार्थीहरुको सहभागीता अत्यन्त महत्वूर्ण छ चाहे त्यो वि.सं. ७ साल होस्, ४६ साल होस् या ६२-६३ को जनआन्दोलन नै किन नहोस ? देशका ठूलाठूला राजनेताहरुले विद्यार्थीकालदेखि नै विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनितीका गुणहरू सिकेका हुन् । विधार्थी राजनितीको राम्रा र नराम्रा पक्षहरु दुवै छन्, शिक्षा आर्जन स्वतन्त्र, निष्पक्ष अनि तठस्त रहन जरुरी छ यहि तठस्ततासँगै आज हामीसबैलाई विधार्थी दिवसको शुभकामना !
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: