World Autism Awereness Day | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व अटिजम जागरुकता दिवस





अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्यालाई बुझाउदछ। धेरैलाई थाहा नभएको यो रोगले अहिले अमेरिकाको ५९ मध्य एक बालकलाई च्यापेको तथ्यांक रहेको छ। अटिजमका धेरै प्रकारहरु हुन् सक्छन, यो जेनेटिक र हाम्रो वातावरणको प्रभावले गर्दा पनि हुनसक्छ । अटिजम प्रभावित मान्छेहरुको चुनौतिहरु एकै हुदैनन्, यो मानिस अनुसार फरक पर्दछन।

अटिजमको समस्या भएको मानिसहरुमा थुप्रै अनियमित प्रतिभाहरु हुनसक्छन। कसैलाई कथा लेख्न आउन सक्छ कसैलाई चित्र कोर्न। र प्राय जसो अटिजमको समस्या भएका मानिसहरु कुनै न कुनै कला क्षेत्रमा भने अव्वल नै हुन्छन। विश्वभरी बढिरहेको यो स्वास्थ्य समस्याको जागरुकताको निम्ती आजको यो दिवसले अटीजमको समस्याबाट गुज्रिरहेका मानिसहरुको अनियमित प्रतिभाहरुको, एक कदम अगाडी बढेर उत्सब मनाउने गर्दछ। आजको दिनले अटीजम भएका मानिसहरुले आफ्नो जीवनमा पाएका चुनौतीहरुलाई विशेष महत्व दिएर हेर्नेगर्दछ।

अटिजमको लक्षणहरु प्राय जन्म भएको ३ बर्ष भित्रनै बच्चाहरुमा देखिन थाल्छ। यो कुनै जाति, वर्ग या ठाउको मानिसहरुलाई मात्र हुने समस्या भने हैन। अझ अटीजम, पारिवारिक आय वा जीवनशैलीका कारणले हुने समस्या पनि हैन। यो नितान्त एउटा स्पेक्ट्रम डीसअर्डर हो। यो जो कोहिलाई पनि हुन् सक्छ। तर, तथ्याङ्क अनुसार अटिजमको खतरा केटि भन्दा केटाहरुमा ४ गुणाले बढी हुने गरेको पाइएको छ। आमा बुवाको उमेर धेरै भएपछी जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ। तर यै मात्र यो समस्याको कारण भने हैन। अटिजमको समस्या भएका मानिसहरुलाई यो समस्याबाट मुक्त नै गर्न नसकेपनि यसको रोकथाम भने चिकित्सकसँग निरन्तर सल्लाह लिएर गर्न सकिन्छ।

यदि तपाइँहरुले शाहरुख खान अभिनित चलचित्र "माइ नेम इज खान" हेर्नु भएको छ भने त्यसमा शाहरुख खानको समस्या पनि एक किसिमको अटिजम नै हो जसलाई चलचित्रमा भने "Asperger's Syndrome" भनेर उल्लेख गरिएको छ। अटिजम निक्कै गम्भीर समस्या हो। तपाइँ हाम्रो समाजमा पनि अटिजम भएका कोहि न कोहि अवश्य हुनसक्छन। उनीहरुको समस्यालाई गिज्याएर या होच्याएर हैन, उनीहरुलाई पनि सम्मान गर्न सिकौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.