यूद्धको खाटाहरु निको पार्न यूद्धअपराधमा हराएका मान्छेहरुको खोजी र न्यायको बितरण अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो अनशनको ३३औं दिन मृत्यूवरण गरेका हराएका पूत्रका न्यायलयको दैलोमा विश्वासकासाथ उभिएका बूवा नन्दप्रसादलाई नेपालले न्याय दिन नसक्नु पनि आधूनिक यूगको सतीको सराप त साबित हुने हैन ?
रसाएका आँखा अनि हातमा आफन्तका तस्बिर, एउटा हाँसेको तस्बिरको रोएको कथा लिएर यूद्ध आन्दोलनमा हराएका आफन्तहरुको अवस्था बुझ्ने लालसामा रहेका व्यक्तिहरु हरेक देश अनि सरकारको दैलोमा उभिएका छन् ।
यूद्ध अनि आन्दोलनको चर्को मुल्य चुकाउनुपर्ने हुन्छ अनि बेपत्ता नागरीकको फेरिहीस्तले यिनै मूल्यहरु चुकाउने क्रममा बनेका पुराना घाउहरुको आलो पीडालाई दर्शाउँदछन् । हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एमएनएसटी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
विश्वले रक्ताम्य ईतिहास बोकेको छ, अहिले ठूलाठूला पूल पूलेसाहरु भएर मेट्रो रेल कुद्ने शहरहरुको सडकमा, खोलामा रगत मिसिएर पानी बगेका छन् । यूरोप, अमेरिका, अष्ट्रेलिया, एसिया सबैतिर कुनै न कुनै समयमा, केही न केही कारणले यूद्ध अनि बिध्वंश मच्चाएकै थियो ।
यूद्ध, आन्दोलनमा मानवहरुलाई हतियार अनि औजारको रुपमा प्रयोग गरिन्छ जसले गर्दा यूद्धमा मानवहरुको दर्दका कथाहरु अनि बेपत्ता हुने चरणवद्ध घट्नाहरू एकमाथी अर्को कथागरी उनिदैजान्छ । सैयौं वर्षपछि भेटिने सामूहिक चिहानले हराएका केहि हज्जाराैंको अस्थिपञ्जरहरु भेटाउँदछ भने लाखाैंको अनिश्चित अवस्थाको अाशामा केही पुस्ताहरु आँशुका धारासहित अाजीवन खोजीमा भौंतारीएका हुन्छन् । यूद्धले आफूसँगै धेरैलाई गाडेको, जलाएको अनि निमिट्यान्न पारेको इतिहास छ र तिनै सूचीमा उल्लेखित नामहरुलाई सम्झना अनि सम्मान गर्दै अधिकारकर्मीहरु आज विश्वभर बेपत्ता व्यक्तिहरु बिरुद्धको दिवस मनाउने गर्दछन् ।
यस दिवसको मुख्य ध्येय भनेको हराएका मान्छेहरुको जानकारी संकलन मात्र गर्ने नभईकन आउँदा दिनहरुमा व्यक्तिहरु यूद्धअपराध या आन्दोलनको क्रममा नहराउन भन्ने जागरण र व्यवस्थाको प्रवर्धन गर्नु पनि हो । नेपालमा पनि त दशक लामो द्वन्दमा धेरैजना बेपत्ता भएका तथा पारिएकाहरूको सूची छ, सके साँस नत्र लास भएपनि हाम्रा आफन्तको देउ भन्दै धेरैजना न्यायको दैलोमा भिजेका आँखासहित बस्नु भएको छ ।
आखिर कहिले पुग्छ त न्याय ती दैलौहरुसम्म ? यो एउटा अनुत्तरित प्रश्न नै छ ।
नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्नो हराएको पुत्रको न्यायकालागि अनशन बसि नै रहे, न्यायले बेवास्ता निरन्तर गरीनैरह्यो।
यूद्धको खाटाहरु निको पार्न यूद्धअपराधमा हराएका मान्छेहरुको खोजी र न्यायको बितरण अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो अनशनको ३३औं दिन मृत्यूवरण गरेका हराएका पूत्रका न्यायलयको दैलोमा विश्वासकासाथ उभिएका बूवा नन्दप्रसादलाई नेपालले न्याय दिन नसक्नु पनि आधूनिक यूगको सतीको सराप त साबित हुने हैन ? या यो एउटा अर्को यूद्ध अपराध त होइन ?
अनि कति छन् त नन्दप्रसाद जस्ता बूवा अनि हराएका छोराछोरीहरु ? अनि समबन्धीत निकायको यो मौनता हो या कठिन समयमा वेपत्ता हुने कार्यलार्इ बढावा दिने सक्रियता ?
आजको दिन शायद नेपालमा फेरि आँट जुटाएर प्रश्न सोधिनेछ । आफन्तको मृत्यू अत्यन्त पीडादायी हुन्छ र त्यो भन्दा पीडादायी हुन्छ उनिहरु यसै हराएर जानु र उनिहरुको हालत र खोजखबर थाहा नहुनु, यही कुरालाई मध्यनजर गर्दै संयूक्त राष्ट्रसंघले सन् २०११ बाट यस दिवसको शुरुवात गरेको हो ।
विश्वभरि यूद्ध, अपराध, आन्दोलन अनि प्राकृतिक बिपत्तिका कारणले लाखौं मान्छेहरु हराएका छन् । आजको दिनले सबैलाई न्याय दिओस् । राज्य कम्तिमा बेपत्ता तथा बेपत्ताका परिवारप्रति जिम्मेवार अभिभावकत्व निभाउन सकोस् । स्मरण रहोस् मान्छेको जीवन जस्तो मूल्यवान कुरा यस धर्तीमा अरु केही पनि छैन्, हराउने क्रम बन्द होस् ।
----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।
Liked by: