ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व उपभोक्ता अधिकार दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक मान्छे उपभोक्ता हो, क्रय अनि विक्रय मानव सभ्यताका अपरिहार्य कारोवारहरु हुन् । परापूर्व कालदेखिनै हामीले क्रय विक्रय अनि वस्तु तथा सामानहरुको उपभोग गर्दै आएका छौ । प्रकृती हाम्रो सबैभन्दा ठूलो उपभोग हो, श्वास फेर्ने हावा, पिउने पानी, अनि आकाश, न्यानो घाम, चिसो वतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका कुराहरु हुन् जुन विना हाम्रो मानव अस्तित्वको अर्थ छैन र यस्ता प्राकृतीक उपभोगका लागी मानव धेरैहदसम्म स्वतन्त्र र निशुल्क उपभोत्ता हो ।