ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलार्इ दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु अाधा शरीर पुरूष तथा अाधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलार्इ दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलार्इ बोकेर अाफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो ।

नरसिंह जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
बिशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ ।