ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रथम प्रकारका डायवेटिजका विरामीहरुले स्वस्थ्यवर्धक खानपिनमा ध्यान दिने, नियमित शारीरीक व्यायाम गर्ने अनि ईन्सुलिन लिने गरेमा सामान्य जीवन यापन गर्न सकिन्छ भने दोश्रो प्रकारको डायवेटिज भएकाहरुले भने स्वस्थ्यवर्धक खानपीन, नियमित शारीरीक व्यायाम, समय समयमा रक्त परीक्षण र आवश्यक परेमा मुखले खाने ओखती या ईन्सुलिनजन्य सुईहरु लगाएर ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ ।

विश्व मधूमेह दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आजभोली धेरै नेपालीको भान्सामा आलु पाक्न छाडेको छ, भातको साटो मकै या पिठोको राटी पाक्दछ, विहानै उठेर योग साधना र मर्निङ्ग वाक गर्ने जमात बढ्दो छ किनकि सबैलाई मधूमेहबाट जोगिनु छ, स्वास्थ्य रहनु छ अनि आफ्नो तौल थोरै कायम गर्नु छ । मानव सभ्यताको विकाससंगै स्वास्थ्यसंग सम्बन्धित प्राचिन दस्तावेजहरूमा रेविज, हैजा, झाडापाखाला, कुष्ठरोग, क्षयरोग आदिले सभ्यता र मानवस्वास्थ्यमा धेरै नकारात्मक असर गर्नुको साथै मृत्यूको संख्यालार्इ समेत बढाएका प्रमाणहरु छन् । पछिल्ला समयमा एच आई भी एड्स, हेपाटाइटीस, मधूमेह, ईवोलाजस्ता नयाँ रोगहरु साथै एकफेर उन्मुलन भइसकेको औंलो र इन्सेफ्लाइटीसजस्ता रोगहरुको पूर्नप्रकोपले पनि मानवजनलाई अकालमै मृत्यूवरण गराइरहेको छ ।