विश्व ज्येष्ठ नागरिक दिवस | विश्व बसोवास दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व ज्येष्ठ नागरिक दिवस | विश्व बसोवास दिवस




विश्व ज्येष्ठ नागरिक दिवस विशेष अडियो सामाग्री

यी छोराछोरी बढ्लान कमाई गर्लान
दुधभात देलान मलाई


बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत यस्तै कस्तै हुनेगर्दछ हाम्रो समाजमा ,साँझमा कामवाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र घरमा पर्खिरहेका छोराछोरी का लागि सानै सही तर केही कुरा भनें लगिदिएका हुन्छन् ।

संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भनें पनि हामी तिनीहरुकै सपनाको एउटा पुञ्ज हौं । समयक्रम संगै बुवाको पाखुराको बल कम हुन्छ, आमाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।

ज्येष्ठ नागरीक अर्थात पाका उमेरका बृद्धबृद्धा हरु , नेपाली कानुनका अनुसार ६० बर्ष पुरा भएका नेपाली नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ । उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैली को कष्ट अनि माया ममताको चाहलाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउन्े अनि हेला गर्ने चलन पनि देखिएको छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै अब आउने पुस्ताले हामीलाई दिने माया र सदभाव निर्धारण गर्दछ । समतामुलक समा ज अनि समग्र मानविय मुल्यलाई कायम राख्न ज्येष्ठ नागरीकहरुको समाज अनि बिकासको को मुलधारमा समायोजन जरुरी छ ।

नेपालको कानुनमा “ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३” ले ज्येष्ठ नागरीक हकअधिकार र समायोजन को पाटोमा सम्बोधन गरेको छ । यस कानुन अनुसार “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ । उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जान्छ, आफ्ना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

समाजको खुल्ला डवली अनि पलेँटीहरुमा ज्येष्ठ नागरिकहरु लाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरु प्रदान गरौं । यहाँ पालोको पैँचो सबैले तिरेका छन्, हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं, अहिले देखि ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।

यसै कुरालाई आत्मसाथ गर्दै विश्व समुदायले पनि हरेक बर्षको अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ । यस बर्षके नारा भनें Stepping into the Future: Tapping the Talents, Contributions and Participation of Older Persons in Society.”रहेको छ । आज विश्व भरिका सम्पूर्ण ज्येष्ठ नागरिक अनि सबैजनालाई शुभकामना ।

विश्व बसोवास दिवस 

 


हरेक वर्षको अक्टोबर महिनाको प्रथम सोमवारलाई संयूक्त राष्ट्र संघले सन् १९८६ देखि नै विश्व बसोवास दिवसका रुपमा मनाउँदै आएको छ । घरजग्गा कारोवार अर्थात रियल स्टेट, शहरीकरण अनि सरकारलाई पनि सही बसोवास अनि व्यबस्थित शहरीकरणको अवधारणा र कानुनहरु जताउन आजको दिन महत्वपूर्ण मानिन्छ । आजको दिनले विश्वका सबै जनाको पर्याप्त र सही बसोवासको अधिकारलाई पनि प्रतिबिम्बीत गर्दछ ।

यस बर्षको नारा, "बसोवासको नीतिः सर्वसुलभ घरहरु" भन्ने रहेको छ । घर मान्छेको आधारभूत आवश्यक्ता हो, घर भन्ने बित्तिकै आफ्नै छाना या माटो भन्ने बुझाई हाम्रो समाजमा रहको भए ता पनि सामान्यतया बस्न, जीवन धान्न र टाउको लुकाउन मिल्ने सानो तिनो या ठूलो जस्तै भएपनि आफ्नो ठाँउलाई घर भनिन्छ ।

कन्डोमेनियम या अर्पाटमेन्टका रुपमा विदेश अनि नेपालमै पनि अब केवल तल्लाहरु मात्रै घरका रुपमा बेचिन थालिएको छ ।

कसैको गुजारा फुसको छानामा अनि कसैको सैयौं तल्ला माथिको भवनमा भनें कोही पूलमुनीको ओभानो ठाँउमा पनि आफ्नो घर मानेर बसेका छन् । घरको यही मोह अनि आवश्यक्तालाई साकार गर्दै बिभिन्न रियल स्टेट कम्पनी अनि बित्तिय संस्थाहरुले घर कर्जा, जग्गा व्यापार अनि छतहरुको बाँडफाँड गरेका छन् । यसै क्रममा जमिन, पुल, पुलेसा, पौवा पोखरी, मन्दिर अनि धरोहरहरु भत्काएर अनि डाँडा नै सम्याएर पनि शहर बसाइएको छ । शहरीकरण अनि बसोवासको यस्तो चरम व्यवसायीकताविरुद्ध आज आवाज उठाइन्छ ।

समावेशी घर कर्जा अनि सुरक्षा र समानतामा आधारित बसोवासको नीति नै आजको आवश्यक्ता हो ।

ईन्धनको प्रभावकारी प्रयोग, हावाको बहाव अनि पर्यायवरण बसोवासको वकालत गर्दै आजको दिन विश्व भरि मनाइन्छ ।
नेपालमा पनि बिभिन्न नीतिहरु आएका छन्, न्यूनतम जग्गा तोकिने देखि केवल ७५ प्रतीशत कूल जमिनमा मात्र घर हुन पाउने र बाँकी ठाँउमा रुख रोप्न पर्ने प्रावधान केही शहरहरुमा लागू भइसकेको छ ।

न्यूनतम बाटोको प्रावधान अनि घर बनाएपछि समापन पत्र लिनुपर्ने प्रावधानहरुले सरकार स्वयंले सुरक्षा र बसोवासको न्यूनतम मापदण्ड कायम गर्न थालेको छ ।

एउटा छतमुनी आफ्नो व्यक्तिगत र पारिवारीक समय गुजार्ने सुरक्षापूर्ण र समानता उन्मुख घर सबैले बनाउन पाउन, उचित बसोवास हामीसबैको अधिकार हो, विश्व बसोवास दिवसको शुभकामना !

----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.