विश्व मृगौला दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व मृगौला दिवस




विश्व मृगौला दिवस विशेष अडियो सामाग्री

स्वस्थ्य रहनु नै सबैभन्दा ठूलो धन हो र शरीरको ख्याल राख्नु हाम्रो दायित्व हो । यहि शरीर छ र त हामी छौ नत्र यो भोग अनि यो भौतिक उपस्थितीको मज्जा कहाँ हुन्थ्यो होला र ? त्यसैले त १२ औ शताब्दीका दार्शनिक अनि कवि रुमीले भनेका छन् कि तिमी एउटा ब्रहामण्ड भित्रको सानो प्राणी हैनौ बरु तिमी भित्र नै एउटा ब्रहमाण्ड लुकेको छ  । वास्तवमा यो शरीर, चेतना अनि अवयवहरु मिलेर एउटा गज्जबको ब्रहमाण्ड हाम्रो शरीर भित्र लुकेको छ, त्यसैकारणले पनि हामीले स्वस्थ्य हुन र आफ्ना शरीरको अगंहरुको ख्याल गर्न जरुरी छ ।

आज मार्च ९, अर्थात विश्व मृगौला दिवस्, आउनुहोस मृगौला जुन हाम्रो शरीरको अति महत्वपूर्ण अगं हो र जस्को उपचार खर्चिलो र पिडादायी मात्र हैन कि यसको राम्रो ख्याल गर्न नसकेमा अनि सामान्य गल्ती ले मात्रै पनि यसमा हानी पुग्न सक्नेकुराहरु भएकाले यस पेरिफेरिमा कुराकानी गरौ, हुन्छ ?

स्वस्थ्य रहन पाउनु हरेक मानिसको आधारभूत अधिकार हो र यसका लागी राम्रो रहनसहन, स्वस्थ्कर खानपान अनि ब्यायाम सबैको आँफै प्रतिको उत्तरदायित्व पनि हो । वढ्दो ब्यस्तता, अस्वस्थकर खानपिन अनि प्याकेट मा रहेका खानेकुराको अत्याधिक सेवन लगायत मधपानको अनुचित प्रयोगले गर्दा संसारभरिका मान्छेहरुको मृगौलाको सुरक्षा आजको आवश्यक्ता हो, आफ्नो मृगौलाकालागी हामी आफै नजुटे कस्ले गर्ने, हैन भन्नुस न ?

नेपालका विभिन्न अस्पतालका शैयाहरु देखि गाँउघरका कुनाकन्दराहरुसम्म मृगौला रोगीको सख्याँमा वृद्धी भईरहेको छ, आफ्ना प्यारा आफन्त अनि साथीभाईहरुलाई मृगौलाको समस्यालेगर्दा संसारवाट विदा भएको हेर्नुभन्दा पिडादायी पल के हुन सक्छ र अनि अर्कोतर्फ हाम्रो आफ्नै अस्तब्यस्त जिवनशैलीले मृगौलाप्रति वफादार हुन सकेका छैनौ, अब नसोचे कहिले सोच्ने ?

मृगौला वास्तवमा एउटा फिल्टर जस्तो अगं हो जस्ले शरीरको रगतमा भएको विकारहरुलाई छान्ने काम गर्दछ र यस्तो महत्वपूर्ण कार्य गर्ने अगंको हेरविचार जरुरी छ । रगतमा भएको रेनल फङशन अर्थात सोडियम, पोटासियम, यूरिया अनि क्रियटिनाईन मात्रै पनि समय समयमा जाँच गर्न सके हामी मृगौलाको रोगवाट निरोध रहन सक्छौ, जाँच अनि त्यसैअनुरुपको रहनसहन, आहार, विहार अनि सोच जरुरी छ । धुम्रपानको बानी कम गर्ने र सकेसम्म त्याग्ने, आफैँ जथाभावी आर्यूवेद या एलोपेथिक ओखती अथवा पेनकिलर नखाने, त्यसैगरि नूनको सकेसम्म थोरै प्रयोग गर्ने , रगतमा कोलेस्टेरोलको मात्रालाई न्युन गर्न जरुरी छ । प्रशस्त पानी पिउने अनि दैनिक ब्यायाम गर्नाले हामी स्वस्थ्य स्फूर्त अनि निरोगी बन्ने कुरा त जगजाहेर नै छ ।

मधुमेह रोग अनि उच्च रक्तचापचाही मृगौला समबन्धी रोगका शत्रुहरु हुन्, यी कुराहरु वाट सावधान रहन र आफ्नो ख्याल गर्न हाम्रो पात्रो आज मृगौला दिवसकै दिन आफ्ना प्रयोगकर्ताहरुलाई विनम्र निवेदन गर्न चाहन्छ । मधुमेह र हाईपरटेन्सन भएका विरामीहरुले चाही समय समयमा आफ्नो निरोधात्मक जाँच गरिरहनु होला भने अर्को मुख्य कुरा भने धेरै तनाब र दौडहरुको चापमा जिवन नबाँच्नुहोला, आजभोली मान्छेहरुले प्राप्ती अनि लालसाको चक्करमा जिवन वाच्नै भुल्न थालिसके, यसो नगरिकन हरेक दिन अनि पललाई शान्तपूर्वक आनन्दीत भएर वाँच्ने प्रयास पनि गरौ है । यी अनि यस्तै मृगौला बारे जनचेतना फैलाउन आज विश्व भरिका समुदाय अनि स्वास्थ्य समबन्धीत सस्थाहरु एक हुने गर्दछन्, विभिन्न स्वस्फूर्त र्याली अनि कार्यशालाहरु हुन्छन् भने सञ्चारका साधनहरुले पनि संवेदनशीलताका साथ यी कुराहरु सम्प्रेषण गर्दछन् । सन् २०१७ को मृगौला दिवसको नारा भने Kidney Disease and Obesity: Healthy Lifestyle for Healthy Kidneys अर्थात स्वस्थ मृगौला को लागी स्वस्थ जीवनशैली भन्ने रहेको छ । ल है मोटोपना प्रति सचेत रहौ फेरि मोटोपना घटाएमा सुन्दर र आकर्षक मात्र नभई स्वस्थ्य पनि त भईन्छ, भोली वाटै दैनिक ब्यायाम शुरु गर्नु भएपनि हुन्छ ।

अर्कोतर्फ मृगौलाका रोगीहरुकालागी जिवनदान दिन सकिने कुरा भनेको अगंदान अनि प्रत्यारोपण प्रविधीको सहज उपलब्धता पनि हो । यी कुराहरुमा हामीले आफ्नो देशको उपचार पद्धती कहाँसम्म पुगेको छ अनि यसलाई वृद्धी गर्न आफूले गर्ने निरोधात्मक जनचेतना अनि स्वंय्म आफ्नै ब्यवहार परिवर्तनमा ध्यान दिन जरुरी छ । अझ अघिल्लो पुस्तामा मृगौलाको समस्या छ भने तपाईले मृगौलाको सुरक्षामा धेरै ध्यान दिनुहोला है ।

शरीरको तल्लोभागमा पेटको मुनी दुबैतर्फ भएका मृगौलाहरु अझ भनौ सिमी आकारको मृगौलाको अवस्थामै हाम्रो जिवन चक्र घुमेको छ । पहिले स्वस्थ्य र खुशी बनौ, ज्यान रहे जहान हुन्छ, हासी खुशी अनि स्वस्थ्य भएर जिवन बाँचौ । आफू जोगिऔ र अरुलाई जोगाऔ ।

स्वस्थ्य वर्धक खाऔ, शरीरलाई चाहिने जति पानी पिउन अल्छी नगरौ, समय समयमा जाँच गरौ अनि दैनिक ब्यायाम गर्न पछी पर्दै नपरौ ।

हतारमा जिवनका अमुल्य पाटाहरुलाई वास्ता नगरी फूर्सतमा पछुताउनु ठिक हैन्, मृगौला अमुल्य छ ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.