विश्व गुणस्तर दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व गुणस्तर दिवस




गुणस्तरलाई एकल भन्दा पनि सामूहीक स्वाभिमानका रुपमा लिन जरुरी छ । यसलार्इ अग्रेंजीमा 'ब्रान्डिङ' पनि भनिन्छ, हरेक उत्पादन र धारणाको ब्रान्डिङ हुन जरुरी छ । उत्पादकत्व र जीवनस्तरमा पनि गुणस्तर कायम हुन जरुरी छ र यसकालागि कार्यगत नेतृत्वको खाँचो छ ।


विश्व गुणस्तर दिवस बिशेष अडियो सामाग्री

सन् २०१७ नोभेम्बर ९ तारिख 

"Toolkit for celebrating everyday leadership" भन्ने नाराका साथ आज विश्व समूदायले 'विश्व गुणस्तर दिवस' मनाउँदैछ । के हो त विश्व गुणस्तर दिवस ? किन मनाइन्छ यो दिन ? अनि यसले हाम्रो दैनिक जीवनमा के महत्व राख्दछ भन्ने बिषयमा कुरा गरौं ।  नेपाली चलनचल्तिका उखानबाटै शुरु गर्न चाहयौं है त ! एकजना घरको कार्य गर्ने गृहणीलाई हामीले यसप्रकार एउटा प्रश्न गर्यौंः 

दिदी आजभोली तपाँई के गर्नुहुन्छ ?

या साधारण घरको काम अनि कृषी गर्नुहुने कसैलाई सोध्यौं यसप्रकार  दाई आजभोली के गर्दै हुनुहुन्छ ?

उत्तर प्रायः यस्तो हुने गर्थ्योः 'के हुनु नि, केही पनि छैन् । उही घर बारीको काम गर्यो अनि बस्यो ।'

हामीले गरेका दैनिक कार्य अनि क्रियाकलाप लगायतका उपलब्धिलाई हामीले गर्वका साथ प्रस्तुत गर्न जान्दैनौं शायद !  हुनसक्छ हामी लजाउँछौं आफ्नो कार्य अनि त्यसको सरल प्रकृतीमा हामीले व्यतित गरीरहेको श्रमसंग । 

घरको काम अन्र्तगत दैनिक चुलोचौका गर्दा, आगो फुक्दा, छोराछोरी हुर्काउँदाका कामहरु हामीले कठिन रुपमा गरिरहेका छौं र ति काम महत्वपूर्ण छन् तर हामी ति कामलाई नेतृत्वदायी अनि प्रेरक उदाहरणका रुपमा व्याख्या गर्दैंनौं । हामी शानसंग छाती ठोकेर भन्दैनाैं कि म भर्खर खेतमा पानी लगाएर आएको या धान काटेर दाउनी गरे या तरकारी बजारमा बेच्न लाँदैछु भन्ने कुराहरु । 

वास्तवमा यस विश्व गुणस्तर दिवसले हामीले दैनिक जीवनमा गरेका कार्य अनि तिनको गुणस्तरिय उपलव्धी लगायत हरेक पटकको उपलव्धिलाई वृद्धि गर्दै नेतृत्वलाई दीर्घकालीन बनाउने सन्देश दिनेगर्दछ ।  सन् १९६० बाट विश्वव्यापी रुपमै यस दिवसलार्इ मनाउने क्रम चलेको हो भनें सन् १९९० बाट संयूक्त राष्ट्र संघले यस दिवसलाई अगिंकार गरेको हो ।  नेतृत्व भनेकै हामी आफूले गरेका कार्यलाई कसरी अझ राम्ररी गर्न सक्दछौं र अरुलाई पनि त्यसै गर्न प्रेरित गर्न सक्दछौं भन्ने हो । आजको यो विश्वमा एक-अर्काकोबिचमा प्रतिस्पर्धा भन्दा पनि सहकार्य अनि नेतृत्वदायि हातहरुको खाँचो छ । आजको दिनले यस्तै कुराहरु गर्दछ । पेशागत संगठन होस् या सामूदायीक स्तरको संगठन, नेतृत्व र गुणस्तर आजको खाँचो हो । 

आजको दिनले कार्यगत वातावरणमा नेतृत्व र गुणस्तरको पनि वकालत गर्दछ भने संस्थागत लक्ष्य प्राप्तकालागि समूहगत पाइलाको पनि पैरवी गर्दछ ।  स्मरण रहोस् ! हामीले गरेको जुनसुकै काममा पनि गुणस्तर र नेतृत्वलाई ध्यानमा राखेर उदहारणीय रुपमा गर्ने हो भने कुनैपनि संस्था होस् या राष्ट्र होस् या विश्व, समग्रलार्इ नै उन्नतिको मार्गमा लिएर जान्छ । 

कुनै एउटा प्याकेटभित्रको सामान किनेर ल्याउनुभयो र घरमा बसेर बडो उत्साहकासाथ खोल्दा उक्त सामान टुटेको पाउनुभयो भने तपाईलाई कस्तो महसुस हुन्छ ?  भोजपुरको खुकुरी बडो राम्रो हुन्छ भनी किनेर ल्याउनुभयो तर खोल्न नपाई त्यसको बींड खुस्कियो भने तपाईको भोजपुरे खुकुरीप्रति गुणस्तरकै कारण कस्तो धारणा बन्ला ?  जनकपुरको माछा अत्यन्त ताजा र स्वादिलो हुन्छ भन्ने धारणा बोकेका हामी जनकपुरमा माछा खान बस्दा अत्यन्त बासी, माछा नसंड्न लास नगल्न प्रयोग गरीने सुर्इ लगाएको, गन्ध आउने भारतको अान्ध्रप्रदेशतिरको माछा खानुपरेमा कस्तो अनुभव गर्दछौं ?

गुणस्तरलाई एकल भन्दा पनि सामूहीक स्वाभिमानका रुपमा लिन जरुरी छ । यसलार्इ अग्रेंजीमा 'ब्रान्डिङ' पनि भनिन्छ, हरेक उत्पादन र धारणाको ब्रान्डिङ हुन जरुरी छ । उत्पादकत्व र जीवनस्तरमा पनि गुणस्तर कायम हुन जरुरी छ र यसकालागि कार्यगत नेतृत्वको खाँचो छ । 

विदेश गएर कृषी पेशामा नवप्रवर्तन देखेका पुस्ताले गुणस्तर र उत्पादकत्वमा वृद्धि गराएका उदहारणहरु प्रशस्तै छन् । तै पनि त्यासले नेपाली बजारमा व्यवस्थित, गुणस्तरीय तथा उपभोक्तासम्म सहज पहूँचका हिसाबले उदाहरण प्रस्तुत गर्नसकेको छैन । हामी सबैले आ-आफ्ना कार्यमा आफूले नेतृत्व लिएर अरुलाई पनि सही मार्गमा हिंडाउन जरुरी छ ।  अर्थशस्त्रले पनि भनेंकै छ, स्रोतहरू सीमित छन् तर आवश्यक्ताहरू असिमीत छन् भनेंर ।  अधिकतम गुणस्तरीय उत्पादकत्व वस्तु र सेवामा कायम गर्न सफल हुन जरुरी छ ।  जे गर्दै हुनुहुन्छ, गुणस्तरिय रुपमा गर्न जान्नुपर्नेछ, एउटा भनाई नै छ नि 'ठूलो मान्छे बन्नलाई ठूलो काम हैन सानै कामलाई ठूलो ढङ्गले गर्न जान्नुपर्दछ' । यस 'विश्व गुणस्तर दिवस'को शुभकामना !

---
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.