अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !! | Hamro Patro

ब्लग - साहित्य / वित्तीय शिक्षा

अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!





अहिलेको डिजिटल युगमा, वित्तीय लेनदेन (Financial Transaction) अत्यन्तै सरल र द्रुत रूपमा विकसित हुँदै गैरहेको छ । चाहे त्यो अनलाइन बैंकिङ होस्, इ-कमर्समा होस्, वा मोबाइल भुक्तानी होस्, अनलाइन कारोबार अत्यावश्यक भएको छ। तर यी प्रगतिहरूका साथै यस सँग सम्बन्धीत जोखिम र चुनौतीहरू पनि आएका छन् । सुरक्षित र भरपर्दो लेनदेन सुनिश्चित गर्न, केहि कुराहरूलाई दिमागमा राख्नु जरुरी हुन्छ । यस लेखमा हामीले वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरुलाई विस्तृतरूपमा चर्चा गरेका छौँ l

सुरक्षित नेटवर्क प्रयोग गर्नुहोस्:
कारोबारको दौरानमा यदि तपाईंले सार्वजनिक ठाँउमा Wi-Fi नेटवर्क प्रयोग गरिरहनु भएको छ भने तपाईंको अकाउन्ट र डाटा चोरी हुने जोखिम रहन्छ l त्यसैले अनलाइन मार्फत कुनै पनि कारोबार गर्दै हुनुहुन्छ भने सकेसम्म निजि र सुरक्षित Wi-Fi नेटवर्क मात्र प्रयोग गर्नुहोस् l

सुरक्षित वेबसाइटहरू प्रयोग गर्नुहोस्:
यदि तपाईंले वित्तीय लेनदेनका लागि कुनै वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस वेबसाइटको URL मा "https" भए न भएको सुनिश्चित गर्नुहोस् किन भने URL मा "https” हुनुको अर्थ यो लाग्छ कि त्यो वेबसाइट सुरक्षित छ l

भरपर्दो पासवर्ड प्रयोग गर्नुहोस्:
Cyber news का अनुसार विश्वमा सबै भन्दा बढी प्रयोग गरिने साझा पासवर्ड “१२३४५६७८९” रहेको छ, जुन कसैले पनि सहजै अनुमान गरी हजुरका संबेदनशील विवरणहरू चोरी गर्न सक्छन् l त्यसैले बलियो पासवर्डहरूको साथ तपाईंको वित्तीय खाताहरू सुरक्षित गर्नु महत्त्वपूर्ण हुन्छ। सकभर अपरकेस अक्षरहरू, लोअरकेस अक्षरहरू, नम्बरहरू, र विशेष क्यारेक्टरहरूको संयोजन राखी पासवर्ड निर्माण गर्नुहोस् l साथै आफ्नो नाम, जन्ममिति, वा सामान्य शब्दहरू जस्ता सजिलै अनुमान गर्न सकिने पासवर्ड प्रयोग नगर्नुहोस् ।

Two factor authentication लागू गर्नुहोस्:
सकेसम्म Two factor authentication इनेबल गर्नुहोस् । Two factor authentication इनेवल गर्नु भयो भने कसैले तपाईंको पासवर्ड थाहा पाएर हजुरको संवेदनशील कुराहरू चोरी गर्न कोसिस गरेता पनि हजुरको डेटा वा संवेदनशील कुराहरूको एक्सेसका लागि उनीहरूले थप प्रमाणीकरण गर्नुपर्ने हुन्छ, र तपाईंलाई कसैले तपाईंको वित्तीय खाता अनुचित रूपमा लागिन र ह्याक गर्न खोजेमा नोटिफिकेसन मार्फत जानकारी हुने हुन्छ l

फिसिङको प्रयासहरूबाट सावधान रहनुहोस्:
सामाजिक संजाल प्रतिको बढ्दो आकर्षणसँगै फिसिङको आतंक पनि उत्तिकै बढ्दै गइरहेको छ, फिसिङ भनेको साइबर आक्रमण हो जहाँ स्क्यामर (Scammer) हरूले संवेदनशील जानकारीहरू चोरी गरी, गलत प्रयोजनका लागि प्रयोग गर्दछन् l यसलाई रोक्न इमेलहरू, sms हरू, वा तपाईंको वित्तीय जानकारीको लागि सोध्ने कलहरूबाट सावधान रहनुहोस्। साथीभाई वा कुनै पनि व्यक्तिलाई आफ्नो खाता विवरण जस्तै आइडी पासवर्ड शयेर नगर्नुहोस् l त्यसै गरी कुनै पनि परिचित वा अपरिचित व्यक्तिले पठाएको अनावश्यक लिंकहरू जथाभावी क्लिक नगर्नुहोस् l

सुचना र प्रविधिका साथै खतराबारे अपडेट रहनुहोस्:
बदलिँदो समयसँगै नयाँ आविष्कार हुनु त स्वाभाविक नै हो तर त्यससँगै नयाँ चुनौती तथा खतरा पनि आउने गर्दछन्, त्यस्ता खतराहरूबाट बच्न डिजिटल साक्षरता आवश्यक पर्दछ l त्यसैले नयाँ प्रबिधि र खतरालाई नियन्त्रण गर्ने उपायका बारेमा जानकार रहनु जरुरी हुन्छ l

अन्तमा, आफ्नो व्यक्तिगत र वित्तीय जानकारीको सुरक्षा गर्न अनलाइन लेनदेनहरू सञ्चालन गर्दा सतर्क रहन र सावधानी अपनाउन आवश्यक छ । वित्तीय लेनदेनहरू बढ्दो रूपमा डिजिटल हुँदै जाँदा, सुरक्षालाई प्राथमिकता दिन र तपाईंको संवेदनशील जानकारीको सुरक्षा गर्न महत्त्वपूर्ण छ । माथि दिइएका सुझावहरूलाई लागू गरी तपाईंहरूले आफ्नो अनलाइन वित्तीय लेनदेनको सुरक्षा बढाउन सक्नु हुन्छ l



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.