प्रभावकारी र सजिलो तरीकाले पैसा कसरी व्यवस्थापन गर्ने ? | Hamro Patro

ब्लग - साहित्य / वित्तीय शिक्षा

प्रभावकारी र सजिलो तरीकाले पैसा कसरी व्यवस्थापन गर्ने ?





हामी धेरैजनालाई पैसा व्यवस्थापन गर्न निकै गार्हो परिरहेको हुन्छ । यदि पैसा सहि तरीकाले व्यवस्थापन गरियो भने हाम्रो तनाव धेरै हदसम्म कम हुन्छ । आफ्नो आर्थिक यात्रालाई सहज बनाउन हामीले केहि उपायहरू ल्याएका छौं । 

१. आफ्नो आर्थिक लक्ष्य तय गर्नुहोस्: हजुरले पैसा व्यवस्थापन गर्नु पहिले आफ्नो लक्ष्य तय गर्नुहोस् । नयाँ घर किन्ने, रमाइलो यात्रा जाने, जस्ता उद्देश्यहरू राख्नुभयो भने हजुरको आर्थिक योजना बनाउन सजिलो हुन्छ ।

२. लक्ष्य अनुसार योजना बनाउनुहोस्: आफ्नो निश्चित गरेको उद्देश्य अनुसार योजना बनाउनुहोस् । योजना बनाउदा आफ्नो आम्दानी र खर्च लेख्नुहोस्, कुन खर्च कहिले हुन्छ पत्ता लगाएर प्राथमिकरण गर्नुहोस्, र कुन खर्चलाई कम गर्न सकिन्छ, त्यसै अनुसार खर्च कटैाती गर्नुहोस् । यसरी योजना बनाउदा, त्यसै अनुसार पैसा व्यवस्थापनको कार्यहरू सहज हुन्छ ।

3. नियमित बचत गर्नुहोस्:
जीवनमा अप्रत्यासित घटनाहरू आइरहन्छन्, त्यसका लागि हामीले बचत गर्ने बानी बनाउनुपर्छ । स्वास्थ्य उपाचार, घरमा चाहिने सामानहरू, मर्मत कार्यहरूलाई थप पैसाको आवश्यकता पर्छ । यो बेला हामीले बचत गरेको रकम काम लाग्छ । हामीले आम्दानी गरेको केहि रकम आपतकालिन कोष बनाएर ब्याकअप राख्न सकियो भने हामीलाई पैसा सजिलै व्यवस्थापन गर्न सक्छैाँ ।

4. ऋणको व्यवस्थापन:
ऋणले गर्दा हाम्रो आर्थिक लयलाई गडबड गर्न सक्छ । उच्च ब्याजमा ऋण लिएर त्यसलाई फिर्ता गर्न गार्हो हुन अवस्थामा नपुग्नुहोस् । ऋण-मुक्त हुनका लागि प्रयास गर्नुहोस् जसले तपाईंलाई वित्तिय स्वतन्त्रता दिलाउन सहयोग गर्छ ।

5. लगानी गर्नुहोस्:
नगद पैसालाई लगानी गर्दा त्यो पैसा बजारमा प्रवाह हुन्छ, जसले त्यसको मूल्य बढ्दै जान्छ । विविध क्षेत्रमा जस्तै शेयर, रियल स्टेट, आदिमा लगानी गर्दा हजुरको आर्थिक सुरक्षा गर्न मद्दत गर्दछ ।

6. फाईनहरूबाट जोगिनुहोस्:
हजुरहरूले योजना निर्माण गर्दा कुन समयमा के तिर्नुपर्ने छ, जस्तै विद्युतको बिल, इन्टरनेटको बिल, खानेपानीको बिल, आदिको बिलको पैसा समयमै तिर्न सकियो भने हामीलाई फाइनको पैसा लाग्दैन र यसले हाम्रो वित्तिय स्थिरतामा सहयोग गर्छ ।

7. नयाँ उपायहरू सिक्दै जानुहोस्:
समय अनुसार हाम्रो आवश्यकता र ईच्छाहरू परीवर्तन हुँदै जान्छ । अहिले नयाँ ट्रेन्डको बारेमा पनि अपडेट हुनुहोस् । त्यसै अनुसार आफ्नो योजनामा सुधार गर्दै नयाँ उपायहरू अपनाउनुहोस् जसले गर्दा बजारको उतार-चढावलाई राम्रो सँग ह्यान्डल गर्न सकिन्छ ।

8. बार्गेनिङ्ग गर्न सिक्नुहोस्:
आफूले सामान किन्दा होस् या आफूले केहि काम गर्दा होस्, आफूलाई फाइदा हुने हिसाबले बार्गेनिङ्ग गर्न सिक्नुहोस् । यस्ता काम वा सामानको अन्य ठाँउमा कति पर्दो रहेछ त्यो अध्ययन गर्नु भयो र नियमित अभ्यास भयो भने पैसाको व्यवस्थापन अझ राम्रो हुदैँजानेछ ।

तपाईं आफ्नो आर्थिक स्वतन्त्रता हासिल गर्न चाहनुहुन्छ भने आफै अघि सरेर निरन्तर लागिरहनु पर्छ । माथि लेखिएका उपायहरू अपनाइयो, आवेगमा गरिने खर्च गरिएन र विशेषज्ञसँग सल्लाह सुझाव प्रयोग गरियो भने हामीलाई पैसाले तनाव दिने छैन र आर्थिक स्थायित्व र स्वतन्त्रता हासिल हुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.