दुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा ।
सुख पनी दिन सकिन पिरमा राखे आमा ।।
नदि जस्तै बगेर जाँदा आएर भेल बाढी ।
तार्न पनी सकिन मैले किनारमा राखे आमा ।।
चोटै चोटको मरुभूमीमा फसे र पो आज ।
आफ्नै मुटू पारेर टुक्रा झिरमा राखे आमा ।।
कति बाँच्छ्यौ डोको र नाम्लो साहरा लिएर ।
छैन पैसा शहर पस्न भिरमा राखे आमा ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: