बग्छ नदी सागर छुन, अस्तित्व नै गुमाएर ।।
निरीह यो प्यासी बगर, हेरिबस्छ तिर्खाएर ।।
हदैसम्म गिर्न सक्छन्, मान्छेहरु वर्बादीमा
थोरै इमान् राख्नु पर्थ्यो, आफै भित्र जोगाएर ।।
संघर्षमैं छ जिन्दगी, गरे के हुन्न र यहाँ
उम्रिन्छ पिपल ढुंगामा, काप भित्रै टुसाएर ।।
अन्त्य होस् यो सृष्टिकै, खुशी खोज्ने बहानामा
खेल्छे पुतली जसरी, आगो संग रमाएर ।।
अनौठो छ यो दुनियाँ, प्राप्ति देख्छन् मन्दिरमा
बिडम्बना पत्थर पुज्छन्, बा-आमालाई रुवाएर ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: