मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा
जिन्दगीलाई कालको मुखमा जाक्दै छु बाबा
कंयौ पटक भाग्यसंग पराजीत हुँदै आज
लक्ष्य विहीन गन्तब्यमा भाग्दै छु बाबा,
दुखियालाई दुखैमात्र कस्तो यो विडम्वना
जिन्दगीको उकालिमा थाक्दै छु बाबा,
वेदनालाई लुकाएर ओठमा मुस्कन देखाउँदै
यो जीवनलाई बन्दकिमा राख्दै छु बाबा,
दुर्भाग्यको झरी बर्षि, अभागीलाई कुटेपछी
दुनियाँको रुखो वचन चाख्दै छु बाबा,
ऐना जस्तै हृदय यो टुक्रा टुक्रा भएपनि
दु:ख सुख जीवनको गाडी हाँक्दै छु बाबा,
-डिल्ली प्रसाद खराल "घायल"
बिरेन्द्रनगर, चितवन
हाल मरूभूमीको छातिः दुबर्इ
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: