पराई भईएछ अर्काको देशमा, बाँच्ने हो कसरी ।
कोहि छैन यँहा आफन्त भन्ने, हाँस्ने हो कसरी।।
सात समुन्द्रपारी काटेर आँए, त्यो पाखा पखेरो ।
परदेशमा आज जिन्दगी झनझन् हुँदैछ अँध्यारो।।
वास थियो मेरो त्यो सानो झुप्रो पहाडको भिरैमा।
दिन सारा बित्छ आँशुको भेलमा, रात बित्छ पीरैमा।।
छोडेर आँए त्यो प्यारो नेपाल, सम्झन्छु झलझली।
बिरानो ठाउँमा दिन र रात, पसिना खलखली।।
सम्झन्छु आफ्नो रमाईलो ठाऊँ, हाँसेको खेलेको।
भोग्दैछु आज भावीले मेरो कर्ममा लेखेको ।।
बनाउन खोज्छु सबैलाई आँफ्नो, तैपनि हुँदैन।
भावीले ठग्यो दु:ख छ साथमा सुखले छुँदैन।।
यो जन्मदिनको साईत नै दोषी, दोष दिऊँ कसलाई ।
बेदना मेरो अर्पण गर्छु पढिदिने जतिलाई।।
पीर र ब्यथाले नछाड्ने भयो सँधै नै यो मनमा ।
सोचेको मात्र नहुने रैछ यो दुःखी जीवनमा ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: