तिमीसंगै बन पाखा, डुल्न पाए हुन्थ्यो ।
एकै पटक बगैंचामा, फुल्न पाए हुन्थ्यो ।
कालो कालो बादलुको, त्यो घुम्टो तोडि,
निलो निलो गगन झैं, खुल्न पाए हुन्थ्यो ।
बस्न मन छ, तिम्रै हृदयको धड्कनमा,
पानीमा चिनी जस्तै, घुल्न पाए हुन्थ्यो ।
पहेंलपुर धानको बाला, लहलह भए झैं,
सधैंभरि तिम्रै काख, झुल्न पाए हुन्थ्यो ।
जीवन यात्रामा, तिमीसंग हाँस्दा हाँस्दै,
दु:ख अनि व्यथाहरु, भुल्न पाए हुन्थ्यो ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: