तिमी दिन सक्छौ भने पानी देउ,
मलाई सान्त्वना दिनु पर्दैन !
मलाई देशको सान भन्दै लज्जित नबनाउ,
अब तिम्रो भोकको जिम्म म लिन सक्दिन !
किन्मेलको रुपैयाले आकाश छोएको छ,
खोइ मैले फलाएको अन्न मेरै घरमा किन पाइदैन !
पाउनेले माना भरी पाएका छन्,
यता एक दाना पेटमा पर्दैन !
तिमी दिन सक्छौ भने अनाज देउ,
मलाई सान्त्वना चाहिदैन !
सहर गएका छन मेरा हत्केलाहरु,
तिमी गाउँमा पनि रोजगार पुराइदेउन !
म बाली लगाउछु,तिमी नालीको बेवास्ता गरीदेउ,
म बालीमा जीवन सुम्पिदिन्छु,तिमी मेरो मिहिनेत बिझिदेउ !
तिमी दिन सक्छौ भने मेरो बालीलाई "मोल" देउ,
मलाई सान्त्वना चाहिदैन !
महल तिमी बनाउ,नबनाउ म भन्दिन,
मेरो उत्पादनलाई रोकि,कृषिमा क्रान्ति गर्छु नभनिदेउन !
चार आनामा फलेको मेरो अन्नलाई चौखटमा भित्र्याउन अगाबै,
तिमी बिदेशी अन्न नभित्र्याउन !
तिमी दिन सक्छै भने कृषिको पाठ "उधार" देउ
मलाई सान्त्वना चाहिदैन !
मैले मेरो माटो मरुभूमि हुँदै गएको देखेको छु,
तिमी सहरीकरण भन्छौ !
म मात्रृत्यो बचाउदै छु, सुनेको थिए तिमी आमा बेच्न तयार छौ
मलाई सान्त्वना चाहिदैन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: