घर नै घर भएको यो सहरमा हराएको मान्छे म
साना साना सपनाका रहरमा हराएको मान्छे म !
भन्दा सुनेको थिएँ सहरमा सबै कुरा पाइन्छ भनेर
जिउने बाटो खोज्दै हिँड्दा खुसी हराएको मान्छे म !
फरक छ गाउँ अनि कोलाहलले भरिएको सहर
हल्लै हल्लाका गल्ली र नहरमा हराएको मान्छे म !
भौतारिँदै हिँडिरहेछु खुसी पाउने झिनो आशा बोकी
मर्छन् कि सपनाहरु भन्ने कहरमा हराएको मान्छे म !
ठूला सपना बोकी पसेको थिए यो बिरानो सहर
एक्लो भई स्वार्थीहरूको लहरमा हराएको मान्छे म !
चरीको पिँजडा जस्तै भाको छ सानो अँध्यारो कोठा
चारै तिर बन्द यो अनौठो सहरमा हराएको मान्छे म !
हुन्छ मन अँध्यारो अनि हेर्छु त्यो खुल्ला आकाशतिर
हेरेर उज्यालो त्यो जूनको मुहारमा हराएको मान्छे म !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: