सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म अामा म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
सुन्दर कोमल छ मेरो मन नदुखाउनु है
पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है
समाजमा सुगन्ध छर्न जन्मेको म अामा
म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
हो म कोपीला भोलीको फुल पनि हुनेछु
अासुँले अामा अाफ्नै छाति नभिजाउनु है
भन्नुहुन्छ बाबा छोरा छोरी फरक हुँदैनन
घरको झमेलामा अामा अब नलगाउनु है
मेरी अामा जन्मदाता कर्मदाता पनि उनि
अर्कैको घर जानी जात भनि नसताउनु है
-रामप्रसाद गैरे (पाल्पाली)
रामपुर, पाल्पा
हाल भारत
[email protected]
Liked by: