घरी घरी दुख्छ, टाउको थिचेर बस्छु,यहाँ।
दृष्य पनि उस्तै आउँछ,आँखा मिचेर बस्छु,यहाँ
कहिले सन्चो कहिले बिसन्चाेको छायँ छत्रमा
रोकी आफ्नो तस्विर आफै खिचेर बस्छु,यहाँ।
त्यो निलो अकाश कालो बादलको अन्ध्यारो
आश नमारी पईला उचाली हिडेर बस्छु,यहाँ।
आसा भन्दा निराशाले घेरीएको त्यो बाटोमा
माैन बसि देखेको सपना खोजेर बस्छु,यहाँ ।
मनको बाँध हावाको ताण्डव रोकेर पनि
हात फैलाई फाटेको मन जाेडेर बस्छु,यहाँ।
Liked by: