संसार सारा बैरी भयो,
आफैमा लुकेर रोए ।
रित्यो आँखाबाट आँसु ,
परेली सुकेर रोए ।।
पिरतीको घाम छाँयामा,
भरोसाको मियो ढल्दा।
मुटु भित्र घाउ बल्झ्यो,
सकिन दुखेर रोए।
बाचा कसम तोड्नेलाई,
किन दोष दिनु सधै।
उस्को गल्ती होइन मेरो
भाग्य नै चुकेर रोए।।
कुनै दिन त पग्लिएला,
मायालुको कोमल माया।
भरोसाको प्रतिक भन्छन्,
मन्दिरमा झुकेर रोए।।
रित्यो आँखा बाट आँसु,
परेली सुकेर रोए।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: