मलाइ गास,बास,अनि कपासको पिर छ
कस्तो मेरो बुझ्नै नस्किने खालको तक्दिर छ ।
खै काहाबाट ल्याउनु यी सारा चिज बस्तु
मेरो देश त झन म भन्दानि कम अमीर छ ।
दु:ख अनि मेहनत गर्ने ठाउँ पाएको छैन
अगाडि अनि पछाडि दुबैतिर भिरै भिर छ ।
सोच र सपनाहरूको ठुलो संग्रहालय भयो
सजाउन मिल्दैन यहाँ चारैतिर तिरै तिर छ ।
झुपडीमा सजिएका यी सबै पिरब्याथाहरु
मेटाउने नत एउटा सानो तिनो जागीर छ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: