तिमि जन्मेको दिन, खास पक्कै थियो होला ?
तिम्रो बुबा लाई नि, आस पक्कै थियोे होला ?
जिबनमा के गर्नु भयो बाले? सोच्नु पर्ने थियो।
जीवन उत्थानको ,प्रयास पक्कै थियो होला।
तिम्रो अघि हासीरहे, दुख कहिल्यै देखाएनन।
फेरि पनि जीवन निरास, पक्कै थियो होला।
बचपन मा तिम्रो आफ्नो, आय स्रोत नभए नि।
गोजीमा बीस पचास ,पक्कै थियो होला।
रगत पसिना बगाएर, बाले दिन काटदा खेरि।
तिम्रो दिन त एकैनास, पक्कै थियो होला।
Liked by: