दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेर
झर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर ।
याद चर्को घरीघरी बन्दिन्छ सारो
निष्ठुरीले परै परै ,बस्ने गरेर ।
जिन्दगानी यसै त्यसै जाने भयो नि
साझ रातै विहान मा,भट्टी पसेर ।
हुन्न यात्रा तिमी विना ,यो जिन्दगीको
फुल्नु पर्ने गुलाफ झै मस्ती भरेर ।
भित्र माया छदै छ है सानो दिलैमा ।
रामको भक्त बन्नु के ? छाती चिरेर ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: