कुन जुनिको पाप, दियौ हे दैव, रोजेरै मलाई
खानु न पिउनु, मर्नु न जिउनु, पारेरै मलाई
सडकको पेटी, ढुकेर सधै, बिताए जीवन
न पाए माया, न पाए शिक्षा, न पाए केही सिक्न
मन थियो मेरो, अरू झै पढ्ने, लिएर कलम
बिरामी हॅुदा, न पाउॅछु खान, न पाउॅछु मलम
यो जुनी मेरो, यस्तै नै बित्यो, खुसी न हर्सले
खाइस कि खाईनस्, लाइस कि लाईनस्, सोघ्दैन कसैले
कुन जुनिको पाप, दियौ हे दैव, रोजेरै मलाई
खानु न पिउनु, मर्नु न जिउनु, पारेरै मलाई ॥
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: