सुनसान एकान्तमा न्यानो तिम्रो साथ थियो
हराएर एक ,अर्कामा जवानीको मात थियो।
खुसीका ती उमँगले सयौ सिमा काटी पछि
मन्द मन्द मुस्कानमा कति मीठो बात थियो ।
अझै कति बाँकी थिए मनका कुरा सुनाउनु
पर्खीएनन हामीलाई ढल्दै जाने रात थियो ।
तिमीलाई दुख्ने मुटु मलाई पनि दुख्दा खेरी
मैले रुँदा पुछी दिने कोमल तिम्रो हात थियो ।
कुनै त्यी पल छुट्टिएर हामी टाढा हुँदा पनि
सम्झनाको तरेलीमा चाहानाको खात थियो ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: