हेरन हुन लेखेकै रहेनछ, मेरो हात तिम्रो सिरानी
तिमी बिना कसरी कटाऊ बचेको आधा यो परानी
चलाउ शासन प्रेमको, घृणालाई निस्तेज पारी
अब यो दिलको तिमी नै राज्य तिमी नै रानी
उहिले थियौँ हामी दुई ज्यानका एक परानि
खै अहिले के के भयो के के,भयौ अब बिरानी
यो संसार छोडे पछि मुक्त हुन्छु सोचेको थिएँ
तर शरीर जस्तै हुँदै हुँदैनन् ती यादहरु खरानी
जे देखिन्छ त्यही नै सोच्नु हुन सक्छ गलत
यहाँ त्यसै हुँदैनन् रुख हजुर, हुन्छ जरा नि
Liked by: